सन्तोष दहाल,ललितपुर/लोक साँगितिक क्षेत्रका लोकप्रिय सर्जक, गायक तथा समाजसेवी मिठाराम केसी खत्रीको नयाँ लोक कोसेली ललितपुरको चिनारी-२ को रुपमा ‘ ललितपुरे दाइ’ सार्वजनिक हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरको आयोजनामा यही फागुन ३ गते शनिबारका दिन एक कार्यक्रमका बीच वरिष्ठ कवि तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो लोकार्पण हुने भएको हो।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुर शाखाका अध्यक्षसमेत रहेका केसीले ललितपुरे दाईमार्फत जिल्लाको भौगोलिक,सांस्कृतिक तथा पर्यटकीय विविधताका विविध पक्षहरुलाई गीतमार्फत उतारिएको जानकारी दिए। गीतमा मिठाराम केसीलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोलाई कृष्णभक्त महर्जनले निर्देशन गरेका छन्।
पूर्व जनप्रतिनिधि समेत रहेका केसी लामो समयदेखी लोक सांगितिक क्षेत्रमा रही मौलिक कला संस्कृती एबम लोक संस्कृतिको क्षेत्रमा कृयाशील छन्। केसीका यसअघि ललितपुरको चिनारी, गल्ती नगर, नरोउ न्याउली, देउसीभैलो लगायत दर्जन बढी सांगितिक कोसेलीहरु बजारमा छन्।