कृष्ण के सी, फेब्रवरी ८, २०२५ शनिबार
यो लेख्दाको समय नेपालको संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस (नेकां) र दोश्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको गठबन्धनको सरकार छ। प्रजातन्त्रको मर्म अनुसार संसदमा पहिलो ठुलो र दोश्रो ठुलो दलको सरकार बनाउनु हुँदैन। तर पनि नेपालमा एमाले नेता खड्गप्रसाद ओली जसलाई अंग्रेजीमा केपी ओली भनिन थालिएको छ उनकै नेतृत्वमा कांग्रेस-एमालेको गठबन्धनको सरकार बनाइएको छ।
यो सरकार बनाउनुको मुख्य उद्येश भनेको उदीयमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाइ गलत देखाएर तहस-नहस पार्नु र आफूहरुलाई शक्तिशाली बनाउन लागेका सबै आरोपहरुको व्हाइटवाश गर्नु हो। त्यसै कार्यविधिको परिणाम हो रास्वपा सभापति रवि लामिछानेलाइ कारण नै नभएको बिषयमा मुद्धा माथि मुद्धा सृजना गर्नु। मुद्धा मात्र होइन चितवन र कास्कीको घटनाले सरकारी वकिलको कार्यालय नै सरकारले कब्जामा राखिएको पनि सावित भयो।
यो राजनैतिक अपराधको घटना क्रममा केहि यस्ता कुरा पनि देखिए जो पत्याउन कठिन लाग्ने। नागरिकहरुले सोझै प्रधानमन्त्री ओलीलाई धेरै पटक जुत्ता देखाइदिए। त्यो जुत्ता देखाउने काम दशरथ रङ्गशाला, किर्तिपुरको मैदान या अन्य ठाउँमा पनि भयो। प्रधानमन्त्री ओलीप्रति जुत्ता देखाएको गणना एक भन्दा धेरै भयो। त्यो जुत्ता देखाउने भनेका सामान्य नागरिक हुन् उनीहरुलाइ भगवानलाइ फुल चढाउन पनि आउँछ। उनीहरुको यो प्रदर्शन भनेको पार्टी होइन केवल ओली सरकारसँग असन्तुष्टि धेरै छ।
यति मात्र होइन गलत पक्षलाइ सहि हो भनेर जिकिर गर्ने कानुन ब्यबसायीले पनि कुटाइ खाए। यस्तो हुनु या गर्नु गलत हो भन्ने सबैलाई थाहा छ। तर पनि नागरिकले किन गरेका छन् भन्ने बुझ्नु जरुरी भएको छ। उनीहरु सरकार परिवर्तन गरेर एमाले, कांग्रेस, माओवादी इत्यादिलाइ बल पास गरेको होइन आफ्नो जीवनमा आर्थिक र सामाजिक परिवर्तन भएको चाहन्छन। जुन उनिहरुको जीवनमा कहिलै पनि भएन। कांग्रेस, एमाले, माओवादी, राप्रापा, एस, मधेसवादी दल कसैबाट पनि नेपाली नागरिकका आर्थिक र सामाजिक परिवर्तन भएन। त्यसैले उनिहरुले रास्वपामा आशा देखेका छन् र विश्वास गरेका छन्।
यदि राजनैतिक परिवर्तनको संझनाका कुरा गर्ने हो भने तिनै कांग्रेस, एमाले र माओवादीका नेता हुन् जसले २०४६ र २०६०/६२ लगायतका आन्दोलनमा नागरिकहरुलाइ प्रदर्शन गर्न उक्साउँथे। उपद्रव गर्न लगाउँथे, रत्नपार्कको रेलिङ्ग भाँच भन्नेहरु नै अहिले सरकारमा छन्। अनि त्यसलाई आफ्नो पार्टीको जित भनेर ब्याख्या गर्थे।
सत्य कुरा, त्यो बेलाको प्रदर्शनीमा पनि नेपालका प्रहरी पिटिएका थिए अहिले पनि पिटिएका छन्। प्रहरीलाइ त्यो बेला पनि सरकारको पक्षमा नागरिक माथि लाठी बजार्न लगाइयो अहिले पनि छ। प्रदर्शन गर्ने नागरिक पनि उनीहरु मध्येकै हुन्। तर फरक चाहिं बिरोध खानेहरु भने माहुरीका घारमा लुकेर माहुरी र मह नै खाने अरिङ्गाल रुपी कांग्रेस, एमाले र माओवादीहरु इत्यादी नै हुन्।
स्मरणीय कुरा बहुदलपछि बनेका सरकारका पूर्व र भूतपूर्व प्रधानमन्त्रीहरुमध्ये गिरिजाप्रसाद कोइरालाले कतै-कतै बिरोध र कालो झण्डा खाएको रेकर्ड छ। उनको पालामा नागरिक असंतुष्टी पनि चर्को थियो। तर पनि ९० को दशकमा उनको सरकारको पालामा नेपालको अर्थतन्त्र सबैभन्दा माथि पुगेको रेकर्ड रहेछ। शुशिल कोइराला र मनमोहन अधिकारीहरुले कालो झण्डा र जुत्ता बिरोधको सामना गर्नुपरेको रेकर्ड पाइएन। उनीहरुको पालामा नागरिक असंतुष्टी कम या सुन्य रहेछ।
अहिले कान्तिमिलान योजनामा हटकेक बनाइएका रास्वपा सभापति रवि लामिछाने बिरुद्ध दर्ता भएका मुद्धाको प्रकृति हेर्दा आम नागरिकले प्रष्ट रुपमा राजनैतिक प्रतिसोध भन्ने बुझे। तर पनि कांग्रेस र एमाले सरकारले भने उनि माथि अझै पनि लिडुल्को र दांते चलाउन छाडेन। जिल्ला न्यायधिसहरुको फैसला हर्दा उनि बिरुद्दका मुद्धा फितलो भएको सावित हुँदै गएको प्रष्ट नै छ। चितवन जिल्लामा त सरकारी वकिलले मुद्दा नै दर्ता गर्न नमिल्ने भनेर फाइल प्रहरीलाइ फिर्ता पठाए। तुरुन्तै ती सरकारी वकीललाइ सरुवा गरेर एक किसिमको प्रशाशनिक कस्टडीमा राखियो र अर्का सरकारी वकिल लगेर कान्तिमिलान मुद्धा दर्ता गरियो।
अहिले सम्म रास्वपा सभापति लामिछानेले सहयोग चाइयो भनेर कसैसंग पनि एक पैसा मागेका छैनन। तर पनि रवि लामिछानेलाई धरौटीमा छुटाउन जीवन भरिको आफ्नो कमाइले सृजिएको आफ्नो घर-जमिनको लालपुर्जा र दुखले बचाएको बैंक ब्यालेन्सको चेक सहित हजारौं नागरिक अदालत अगाडी पुगे। के यो भन्दा ठुलो विश्वासको कमाइ कसैको होला ? यति मात्र होइन नेपालका ब्यबसायी, उद्योगपति पनि प्रत्यक्ष परोक्ष रुपमा उनलाई सहयोग गर्न इच्छित भएको पाइयो। नेपाल बाहिरका नेपालीहरु दुइ/पांच हजार पिच गर्न आतुर नै देखिए।
यहाँ एउटा प्रशन उठ्छ, के यस्तो नागरिक विश्वास, सदिच्छा र सहयोग गर्ने कमाइ नेपालका कुनै पनि अरु नेताले पाएका छन्? कसैले नबोलाई कन जुनै नेताको लागि कोहि २/३ दिन लगाएर रविको पक्षमा जस्तो प्रदर्शनमा गएको छ ? त्यो कमाइ कसैमा छ ?
नागरिकबाट जुत्ता खाने प्रधानमन्त्री सहि हुन् भन्ने नेपाली कांग्रेस र एमाले दलले आम नागरिकको बेवास्ता गरेका छन्। त्यसैको परिणाम हो उनीहरुको ह्रास। त्यसको परिणाम आगामी निर्वाचनमा प्रष्ट रुपमा देखिने भयो। यो कुरा हामी होइन तिनै ठुला दलका नेताहरुले भन्दैछन्। तर पनि आम नागरिक भने रास्वपा सभापति लामिछानेप्रति विश्वास गर्छन।