युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युनडिओ) को तर्फबाट सभापति सोनाम लामाको नेतृत्वमा गएको टिमले माननीय पराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईलाई भेटेर छलफल गर्यो।
बैसाख २२, २०८३ (मे ६, २०२६) का दिन उहाँहरुको कार्यकक्षमा ,गैरआवासीय नेपाली सम्बन्धी कानूनलाइ संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८३’ माथि संशोधन तथा समावेश गर्नुपर्ने बुंदाहरुबारे सुझाव दिइयो। यस पहिला पनि युनडिओले यो अभियान निरन्तर गर्दै आएको छ। युनडिओले परराष्ट्र मन्त्रालयमा दर्ता भएको सँस्था हो।
सो भेटमा बुँदागत सुझाव सहितको पत्र बुझ्दै परराष्ट्रमन्त्री मन्त्री खनालले भन्नुभयो, ‘यस मन्त्रालयमा नै दर्ता भएको युनडिओसँग डायस्पोरा नेपालीका बिषयमा यो मात्र होइन भविष्यमा पनि निरन्तर रुपमा नेपाल सरकारले समन्वय र सहकार्य गर्नेछ। यसका लागि यहाँहरुको सकारात्मक सहयोगको समेत अपेक्षा छ।’ साथै उहाँले आगामी दिनमा सँस्थालाइ सम्पूर्ण डायस्पोरा नेपालीका बिषयमा काम गर्न मन्त्रालयले आवश्यक मार्गदर्शन र सहयोग प्रदान गर्ने आश्वासन समेत दिनुभयो।
त्यसैगरी परराष्ट्र सचिव अमृत बहादुर राईसँगको भेटमा उहाँले प्रतिनिधिमण्डलले उठाएका चासो र प्रस्तावहरूको सकारात्मक रहेको भन्दै आम गैर डायस्पोरा (आवासीय नेपाली) हरुका सम्बन्धित विषयमा सरकार सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो।
धन्यवाद,
सचिवालय
युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युनडिओ)
मे ७, २०२६

