गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन पुन:गर्नका लागि सर्वोच्च अदालतको परमादेशबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष, पूर्व प्रमुख संयोजक डा. शेष घलेको अध्यक्षतामा धमाधम गतिबिधि बढेको छ। सँस्था दर्ता भएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले पनि आफ्नो प्रतिनिधि पठाएर माहाधिवेशन सम्पन्न गर्न सक्रियता देखाएको छ।
यसैबीच हालसम्म उच्च स्तरीय समितिले आधा दर्जन बढी बैठक सम्पन्न गरिसकेको छ। अन्तराष्ट्रिय महाधिवेशन २०२५ मे ३, ४ र ५ मा हुने भएको छ। महाधिवेशनको मूल आयोजक समिति गठन गरेको छ। विभिन्न समितिहरु गठन गरेको छ। बिश्वभरिका सबै राष्ट्रिय संस्थाहरुमा निर्देशिका सहित पत्राचार गरिएको छ।
गत जनवरी २७, २०२५ आइबतबार बिश्वो भरिका गैरआवासीय नेपालीहरुको संयुक्त बैठक सम्पन्न भएको थियो। बैठकले उत्साहका साथ १० औं महाधिवेशनका लागि आफूहरु तयार भएको कुरा बताए। केहि व्यक्तिहरुले ३ महिना भएपनि आफूलाइ आफ्नो पद जोगाउनु परेको घुमाउरो जवाफ दिए।
उच्च स्तरीय समितिले बिश्व भरिका एनआरएनएका राष्ट्रिय सँस्थाहरुलाइ सदस्यता दिने, अधिवेशन गर्ने लगायतका कुरामा निर्देशीका सहित पत्राचार गरेको थियो। त्यसपछि राष्ट्रिय स्तरमा गतिबिधि बढेको हो। हलिउडखबरले फेसबुक मेसेज्नर र अन्य मिडियाद्वारा सम्पर्क गरी लिएको जानकारी अनुसार करिब चार (४) दर्जन बढी देशले महाधिवेशन तयारी गरेका छन्।
केहि देशमा एमाले पार्टीको प्रभाव भएकाले कुरा गर्न मानेन भने केहि देशले सबैले गरे हामी पनि गर्छौं भन्ने जवाफ दिए। अफ्रिकन देशमा ३ देखि ८ देशमा अधिवेशन हुने तयारी भएको कुरा पाइयो। तर देशको नाम पक्का नभएकाले उल्लेख गरिएको छैन।
धेरै दशमा दुइ भन्दा धेरै संरचना छन् तर पनि एक हुने या एकल रुपमा जाने भन्ने प्रश्न पनि पाइयो। तर निर्देशिकाले सबैलाई समान रुपमा लिने धारणा लिएपछि सबैको तातो बढेको हो। अब उनीहरु सके एउटा नसके फरक-फरक भएपनि अधिवेशन गर्ने तयारीमा पुगेका छन्। कति देशमा फुटेर र जुटेर जाने पनि तयारी भएका छन्। जे जे सुकै भएता पनि सबैको उद्येश्य भनेको मे २०२५ मा हुने अन्तराष्ट्रिय महाधिवेशन सफल बनाउने नै रहेको छ।
बिशेष गरी नेपालीहरुको बिश्व समुदायले हेर्ने अमेरिकामा दुइ फरक आधिकारी रुपमा दर्ता भएका एनआरएनए राष्ट्रिय सँस्था छन्। एकको नेतृत्व सुर्य लम्सालले गर्छन अर्कोको भेरोद्वारा निर्वाचित घोषणा गरिएका तर विवादित डा. अर्जुन बन्जाडेले। बन्जाडे अधिवेशन नगर्ने लाइनमा थिए तर लम्सालको तयारी र आफ्नो टिमका बहुमतले मिलेर अधिवेशन गर्ने धारणा लिएपछि डा. बन्जाडे पनि हच्किएको कुरा उनका बोर्ड उपाध्यक्षले बताए। जे भएपनि अमेरिका तयारी अवस्थामा छ। दुवैतर्फको अनुमान अनुसार १,००० देखि ३,००० बढी प्रतिनिधिहरु त अमेरिकाबाट नै नेपाल जानेछन।
राष्ट्रिय महाधिवेशन तयारी गर्दै गरेका देशहरु:
- अमेरिका
- क्यानाडा
- चिली
- अष्ट्रेलिया
- न्यूजिल्याण्ड
- पिएनजी
- चाइना
- द. कोरिया
- जापान
- हँङ्गकङ्ग
- मकाउ
- मलेसीया
- म्यानमार
- सिङ्गापुर
- थाइल्याण्ड
- कुवेत
- ओमान
- कतार
- साउदी अरब
- यूएइ
- बहरेन
- इजरेल
- बेलायत
- बेल्जियम
- क्रोयसिया
- अष्ट्रिया
- स्पेन
- डेनमार्क
- निदरल्याण्ड
- जर्मनी
- फ्रान्स
- आयरल्याण्ड
- फिनल्याण्ड
- इटली
- माल्टा
- लक्जम्बर्ग
- नर्वे
- पोल्याण्ड
- पोर्तुगल
- स्वीडेन
- स्विटजर्ल्याण्ड
- टर्की
- साइप्रस
अफ्रिकन देशमा ३ देखि ८ देशमा अधिवेशन हुने तयारी भएको कुरा पाइयो। तर देशको नाम पक्का नभएकाले उल्लेख गरिएको छैन। दोश्रो चरणमा बाँकी देशहरुको नाम जोडिने छ।