Headlines

ललितपुरका सामुदायिक विद्यालय हरित बगैचा युक्त बन्दै

ललितपुर/ललितपुर महानगरपालिकाका सबै ४० वटा सामुदायिक विद्यालयहरूमा  हरित विद्यालय कार्यक्रम सुरु हुने भएको छ।शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायका अनुसार ४० वटा सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउन एक एक लाख रुपैयाँ अनुदान  उपलब्ध गराइनेछ।उक्त विद्यालयहरूमध्ये उत्कृष्ट हरित विद्यालय बगैचा बनाउने विद्यालयलाई आगामी महानगरको १०७औँ वार्षिक उत्सवमा विशेष पुरस्कार समेत उपलब्ध गराइने भएको छ। वातावरणमैत्री ,बालमैत्रीको साथसाथै हरित विद्यालय बनाएर शैक्षिक गुणस्तर उपलब्धिलाई समेत वृद्धि गर्न योजना र प्रतिबद्धता  लिएर जान लागेको महाशाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।यस्तै ललितपुर महानगरपालिकाले एसइइको नतिजा सुधारका लागि  २५ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय  ३०/३० हजार  उपलब्ध गराएको छ । SEE लाई लक्ष्यित गरी 

ललितपुर महानगरको  सहकार्यमा Ing Group द्वारा तयार पारिएको Audio Visual Video सहितको My Second Teacher App  नि:शुल्क रूपमा सबै सामुदायिक माध्यमिक विद्यालयका शिक्षक र कक्षा १०का  विद्यार्थीहरूलाई  अर्को हप्तादेखि उपलब्ध गराईने भएको छ । उक्त कार्यका लागि नीति सम्बोधन अन्तर्गत  आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ।सबै प्रकारका विद्यालयलाई समान अनुदान दिने यो पालिका देशको पहिलो रहेको विद्यालयले  प्रतिक्रिया दिएका छन्।

Leave a Reply