Headlines

अध्यक्ष ओलीको आलोचना र विचारमा असहमत सबैलाई निस्काशन गरिन्छ: एमाले नेता बडाल

नेकपा एमालेले अध्यक्ष खड्गप्रसाद ओलीको बिरोध या आलोचना मात्र गर्नेलाई पनि पार्टीबाट निस्काशन गर्न थालेको छ। यति मात्र होइन ओलीको विपक्षमा मत राख्ने आम नागरिकलाइ पनि दुश्मन मानेर प्रहरी लगाउने गर्न थालेको छ।

कराबरीको नामको एउटा मास्टर आरोप छ, “पार्टी हित विपरीत काम गरेको” भन्ने। यसै अश्त्र प्रयोग गरेर अहिले सम्म ६ जना केन्द्रिय स्तरका नेतालाइ डण्डा बर्साएको छ। यो क्रम बढ्दै गएमा अन्तमा ओली र उनका भ्रष्ट, गुण्डा, बिचौलिया, बलात्कारीहरुको किचेन क्याबिनेट मात्र रहने कुरा एमालेकैहरु बताउँछन्।

कारबाहीको शृङ्खलामा अनुशासन आयोगका अध्यक्ष केशव बडाललाइ हतियार बनाइएको छ। उनका अनुसार पार्टी अध्यक्षको विपक्षमा बोल्नु कम्युनिष्ट पार्टीको आचरण होइन त्यसैले अध्यक्षले जेसुकै गर या बोले या बिचार दिएपनि त्यसको विपक्षमा बोल्ने माथि अनुशासन कारबाही गरिनेछ। 

उनका अनुसार, एमालेको सदस्यता लिएपछि अध्यक्षले जे भन्छन त्यो हान्नु, त्यसलाई पत्याउनु नै अनुशासन् हो। अन्त्यथा लिनेलाइ कारबाही गरिन्छ।

गत महाधिवेशनमा ओली बिरुद्ध अध्यक्षमा उम्मेदवार दिएकै कारण पूर्वउपाध्यक्ष समेत रहेका भीम रावल, निर्णयको सुझाव दिएकै कारण स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको थियो। 

यसै क्रममा एमाले जिल्ला कमिटी कैलालीका प्रदेश सदस्य कृष्णराज सुवेदी र उनका छोरासमेत जिल्ला सदस्य भीष्मराज सुवेदीलाई रावलसँग बोलेकै कारण कारबाही गरेको बताइन्छ। अर्को काण्डमा एमाले कोशी प्रदेश सभाका पूर्व सांसद एव‌ उदयपुरका नेता विमल कार्कीलाई फेसबुकमा लेखेकै भरमा निलम्बन गरेको थियो।

Leave a Reply