Headlines

कांग्रेस ओलीप्रति असन्तुष्ट, संसदमा १६५ सिटको सरकर बनाउने कसरत

प्रजातन्त्रको बिरुद्धमा गएर संसदमा सबैभन्दा ठुला दुइ दलहरु नेपाली कांग्रस र नेकपा एमालेको सरकार अन्तत ढल्ने दिनगन्ती सुरु भएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति असन्तुष्ट भएकै कारण गत हप्ता कांग्रेस सभापतिले शेरबहादुर देउबाले आफ्ना पार्टीका मन्त्रीहरुलाइ बोलाएर नै हप्काए। 

यति मात्र होइन उनले ओलीका अनुसार होइन कांग्रेसको नीति अनुसार काम गर्न आदेश दिएका छन्। यसैको संकेत स्वरुप बचाउमा एमाले नेता इश्वोर पोख्रल र अन्य नेताले यो सरकार बाँकी रहेको अबधी रहने बताए। तर सरकार फेर्ने कसरत भने सुरु भएको छ। सरकार ढल्ने संकेत यत्रतत्र र अन्यत्र पनि छ। 

प्रतिपक्षहरुले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाइ भइरहेकोले बिशेष अधिवेशन बोलाउएन पहल गरेका छन्। बिचमा ल्याइएको दुइ अध्यधेश राष्ट्रकै बिरुद्धमा भएको सर्वत्र उजागर भएको छ। कांग्रेस एमालेको गठबन्धन सरकार अध्यादेशको भरमा सत्ता चलाउन लागेको प्रतिपक्षी दलले आरोप लगाइरहँदा सत्तापक्षका नेताहरू पनि विपक्षी दल सत्ता विमुख हुँदाको छटपटीमा रहेको टिप्पणी गर्दछन्।

अर्को मुख्य कारण भनेको बिनाकारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध कान्तिपुरको लहडमा राजनैतिक प्रतिसोध लिन गरिएको दमनले अत्यैन्ति नाजुक बनेको एमाले र कांग्रेस दुवैका नेताहरुको सुरक्षा खतरामा पुगेको छ। मन्त्री नै मन्त्रालयमा कुटिन थालेका छन्। यसको संकेत भनेको अत्याचारी सरकार बन्नु हो। एमाले त अधिनायकवादी पार्टी हो आफ्नै पार्टीनेतालाइ पनि डण्डा बर्साउँछ। तर यसबाट कांग्रेसलाइ घाटा मात्र पुगेको निष्कर्ष कांग्रेसको छ। 

एक श्रोतका अनुसार नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सराकर बनाउने पहल सुरु गरेको छ। सरकार बनाउन २७५ सिटको संसदमा १३८ सिट ल्याउनु पर्छ। अब बन्ने सकारमा कांग्रेसका ८८, माओवादीको ३२, एकिकृतको १० जोड्दा १३० हुन्छ। बाँकी ८ सिटमा अन्य साना पार्टी र स्वतन्त्र २ गरेर ३१ हुन आउँछ। राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राष्ट्रिय प्रजान्त्र पार्टीको १४ मध्ये छानेर लिने प्रयास एउटा फर्मुला छ प्रयास गरिएको छ 

अर्को चाहिं झिना मसीना पार्टी लिंदा एक-एक मन्त्रालय दिनुपर्ने, संसदमा धेरै बिरोध सुन्नुपर्ने, एमालेबाट असुरक्षा बढ्ने भएपछि अर्को सहज पहल सुरु गरिएको छ। सिट भन्दा भन्दा की राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजान्त्र पार्टी मध्ये एकलाइ लिएर सरकारमा जाने प्रयास भएको छ। 

तर यसो गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कारण बढेको जनअसन्तुष्टि नघट्ने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी लिएर जानुपर्ने सुझाव एकाथरीले दिएका छन्। कांग्रेसका गगन थापा पक्ष भने एमालेमै रहने र राष्ट्रिय प्रजान्त्र पार्टीप्रति प्रतिसोधी छन्। 

यसो भएता पनि पछिल्लो समय आफ्नो पार्टीप्रति भएको बेइजती र घाटा मिलान गर्न कांग्रेस सभापति देउबाले आगामी संसदमा राष्ट्रिय प्रजान्त्र पार्टीको जनसमर्थन बढेको र बलियो उपस्तिती हेन देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी समेत लिएर जाने सोच बनाएका छन्। यसबाट गगनको गनगन सधैको लागि सक्किने र आगामी महाधिवेशनमा डा. आरजु देउबाको लागि बाटो सहज हुने विश्लेषण छ। 

Leave a Reply