रवि लामिछाने फेरी हिरासतमा

नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले पेड मिडियाको सपोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टीलाइ नष्ट गर्ने अभ्यानमा कुनै कसर बाँकी राखेको छैन। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि हिरासतमा पुगेका छन्। 

पोखरा जिल्ला अदालतको आदेश अनुसार सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका सभापति लामिछाने जनवरी १२, २०२५ आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। 

तर उनलाई कुनै हाजिर गराएर पठाउनु पर्नेमा थुनछेक बहस बाँकी रहेका कारण भन्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासतमा पठाएको हो। कानुन बिज्ञका अनुसार अदालतमा मुद्धा नै छैन उसै पनि हाजिर भएको व्यक्तिलाइ थुनछेक बहस आवश्यक पर्दैन। अब अदालतले भनेपछि त मान्ने पर्यो रास्वपाका सभापति लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। 

Leave a Reply