अमेरिकी आन्तरिक राजस्व सेवा (IRS) ले करिव १० लाख मानिसलाई १,४०० डलर सम्म राहत रकम दिने भएको छ। तर सो रकम सबैको लागि भने होइन केवल क्रेडिट योग्यको लागि मात्र हो। IRS ले गत डिसेम्बर २०, २०२४ का दिन १० लाख मानिसहरुलाई २.४ बिलियन डलर रकम स्पेशल पे दिने जानकारी दिएको छ।
कोभिड-१९ को संक्रमण कालको क्रेडिट प्राप्त नगरेका, त्यो समय भर्खर जन्मेका, बिहे गरेका या थुप्रै कारण छुटेकाहरुको लागि सो भुक्तानी गर्न लागिएको हो। भुक्तानी IRS ले व्यक्तिहरुको बैंक खाता या पेपर चेक पठाउन सक्नेछ।
IRS का अनुसार २०२१ मा बाँकी रहेका रिकभरी रिबेट क्रेडिट बापतको यो भुक्तानी भएको जनाएको छ। यसका लागि कसैले पनि IRS मा निवेदन दिने या कल गर्नु जरुरी छैन डाटा रेकर्ड अनुसार योग्यहरुको लागि IRS ले नै पठाउने छ। क्रेडिट भुक्तानी जनवरी २०२५ सम्म प्राप्त हुनेछ।