Headlines

ललितपुर महानगरपालिकाद्वारा एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक

मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो । एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् । 

ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक स्थान (रियल टाइम ट्रयाकिङ)मार्फत थाहा पाउन सक्नेछन् । सर्वधारणले फोहोर व्यवस्थापन गर्न भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै महानगरले एप सार्वजनिक गरेको हो ।  ललितपुरलाई स्मार्ट सिटी बनाउने उद्देश्यमा लागेको महानगरपालिकाको लागि यो अर्को एउटा खुड्किलो भएको छ ।