हात्पात गरियो:लामिछाने, रवीजीको अधिकार हनन भयो:डा कोइराला,आयोगमा उजुरी

Spread the love

यतिबेला नेपालमा पंचायत र लोकतन्त्र भनेर लड्ने दलकै अलोकतान्त्रिक सरकार छ। भर्खरै केहि घण्टा पहिला दुइ दशकको सिरियन रेजिम ढलेको छ। सिरियन नागरिकलाइ दिएको प्रडाडित इतिहास सबैले देखे-सुनेकै हो, त्यसमा रसियाको साथ थियो भन्ने आरोप छ।

प्रतिसोध र बिनाकारण, बिना मुद्दा ५३ दिन हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेलाइ फेरी ४ दिन कस्टडी राख्ने माग अदालतले स्वीकृत दिइएको छ। एमाले र कांग्रेस संबद्ध पक्षका अनुसार ९० दिनसम्म कास्कीमा कुनै मुद्दा दर्ता नगरी राख्ने अनि पर्सा या लुम्बिनीमा अर्को ९० दिन गर्दै देशैभारी ९०/९० दिने यात्रामा घुमाउने योजना छ। 

यस बाहेक मानसीक तनाव दिने, परिवार र आफन्त, नागरिक सबैबाट गिराउने, उपचार गर्न नदिने (चितवनमा प्रमाणित), मानसीक, शारीरिक सबै कारणले गलाउने र अन्तमा मार्ने/मराउने योजना कार्यान्वयन गरिएको प्रष्ट देखिएको छ। आफूलाई मार्छन भन्ने कुरा लामिछाने स्वयमले गिरफ्तारीको बखत नै भनेका थिए। त्यसैकारण कास्की अदालतले लामिछानेको स्वास्थ्य जाँचको प्रतिवेदन पनि पेस गर्न प्रहरीलाई आदेश दिएको छ।

नेपालमा पंचायत गयो, बहुदल र लोक तन्त्र आयो तर नागरिकको लागी आएन। केवल दलहरुका निश्चित नेताको लागि मात्र। यसकै बीचबाट लोकतन्त्रको विजारोपण सहित उदाएको रास्वपाले स्थापनाको ६ महिनामै संसादमा आफूलाई चौथो ठुलो दलको रुपमा स्थापित गर्यो। 

चितवनमा कुनै संबन्ध नभएका रास्वपा सभापति रवि लामिछानेले दुइ-दुइ पटक अत्याधिक मत ल्याएर जिते। आजीवन जित्दै आएका रामचन्द्र पौडेलको क्षेत्र तनहुँमा लज्जास्पद रुपमा कांग्रेस हार्यो। यसको अर्थ नेपाली नागरिक पुरातन राजनैतिक दलहरु चाहँदैनन, नयाँ चाहन्छन त्यो कुरा मतले प्रामाणित गर्यो।

रास्वपा सभापति लामिछानेले कांग्रेस र एमाले संलग्न ठुला भ्रष्टाचारका काण्ड खोतले अनि राता-रात सरकार फेरियो। कांग्रेसले प्रधानमन्त्री अफर गर्यो, उनले मानेनन् अनि उनलाई प्रतिसोधको रुपामा कस्टडीमा राखियो। लामिछानेलाइ ५३ दिन देखि हिरासतमा राखिएको छ। तर कुनै मुद्दा दर्ता भएको छैन। मुद्दा दर्ता गर्नुपर्ने प्रमाण नै पाइएको छैन भन्ने कुरा त सरकारी वकीलले अदालतमा बताएका छन्।

तर लामिछानेलाइ देशैभरि घुमाउने, नागरिकको नजरमा गिराउने र रद्दी बनाएर फाल्ने काँग्रेस-एमालेको योजना फेल भयो। कांग्रेस नेता डा.शेखर कोइरालाले लामिछानेको मानव अधिकार हनन भएको भनेका छन्। एमालेका एक सांसदले पनि त्यसको मानव अधिकार हनन गरिएको प्रति बिरोध गरेका छन्। नागरिकले सहि कुरा जानिसके, रविको पक्षमा जनविद्रोह बढेर गएको छ। अब एमाले-कांग्रेस फसादमा परेका छन्। 

चरित्र हत्या गर्नमा एमाले सांसद सुर्य थापाले ठेक्का नै लिएका छन्। अन्तत संसद थापा पनि दिमागी रुपमा असन्तुलित भएका छन्। एमाले नेता केशब स्थापीतले खाने गरेको गाँजा मेयर बालेन शाहले खायो भन्न थालेका छन्। गत महिना उनले विदेशमा बस्ने सबै नेपाली भेडा हुन् भनेका थिए। कहिले रवि बिरुद्ध केहि पाईएन भन्छन कहिले थुन्नुपर्छ भन्छन कहिले देशै भरि घुमाउँछौं भन्छन।  

भन्नको लागि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भनिएता पनि त्यसको कुनै प्रमाण पाइएको छैन। पोखराको अदालतले लामिछानेलाई छैटौँ पटक हिरासतमा राख्न ४ दिन म्याद थप गरेको छ। 

यसै क्रममा लामिछानेलाइ चितवन प्रहरीले कस्टाडीमै हात-पात गर्यो, बिरामी हुँदा औषधी दिएन। डायरी गायब गर्ने जस्ता काम गरेर उनको मानव अधिकारको हनन गर्यो।

राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता 

रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा शुक्रवार बुझाईएको पत्र सार्वजनिक गर्दै रास्वपाले वर्तमान सरकारले आफ्ना सभापतिमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। मिडिया ट्रायल मार्फत् गोप्य दस्ताबेज सार्वजनिक गरेर, अमानवीय ढङ्गले स्थानान्तरण गरेर र निजी सम्पत्ति कब्जा गरेर सरकारले मानव अधिकारको हनन् गरेको भन्दै आयोगको ध्यानाकर्षण गराइएको छ।

लामिछानेको जीउज्यानको सुरक्षा र मानवअधिकारको रक्षा गर्न भन्दै रास्वपाले चार बुँदे अनुरोध गरेको छ। जसमा लामिछानेको मानव अधिकार हननको विषयको अनुसन्धान र दोषीलाई कारबाही गर्ने माग गरिएको लगायतका विषय छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेलाई हिरासत बाहिरै राखेर गर्न सकिने अनुसन्धान गर्न सकिने भए पनि त्यसो नगरिएको भन्दै उनलाई अन्यायकोमा फसाइएको आरोप लगाउँदै आएको छ। सहकारी प्रकरणमा लामिछाने निर्दोष रहेको प्रतिवेदन संसदीय समितिले दिएको छ।

2 thoughts on “हात्पात गरियो:लामिछाने, रवीजीको अधिकार हनन भयो:डा कोइराला,आयोगमा उजुरी

  1. Verde Casino gibt seinen Benutzern die Chance, mit Freispielen zusätzliches Geld zu gewinnen. Behalten Sie also diese
    beiden Dinge im Auge, um sicherzustellen, dass Sie
    Ihre Chance, kostenlos zu spielen, nicht verpassen. Erfahren Sie, wie Sie die Boni optimal nutzen und Ihre
    Chancen auf große Gewinne bei Online-Casinospielen und Sportwetten erhöhen können. Wir bieten eine große Auswahl an Spielen,
    darunter Spielautomaten, Tischspiele, Live-Casinospiele und Sofortgewinnoptionen von verschiedenen Anbietern.
    Live Casino, Blackjack, andere Tischspiele oder weitere
    Kategorien sind ausgeschlossen. Das Verde Casino bietet diverse Reloads, die regelmäßig in Anspruch genommen werden können. Durch Schütteln des Smartphones lassen sich hier verschiedene Boni, Freispiele
    oder andere Aktionen freischalten.

    References:
    https://online-spielhallen.de/beste-online-casinos-2025-empfehlungs-guide/

  2. Krypto-Glücksspiele sind an sich kein neues Phänomen, denn sie begleiten uns schon seit fast einem Jahrzehnt.
    Da Kryptowährungen weiterhin an weltweiter Beliebtheit und Aufmerksamkeit gewinnen, haben diese Art von digitalen Währungen offenbar einen großartigen Einzug in die
    Branche der Online-Glücksspiele gehalten. Da sie den Spielern unter
    anderem Anonymität und vollständige Kontrolle bieten,
    werden digitale Währungen von vielen Spielern als eine der
    sichersten Formen des Online Glücksspiels in Deutschland angesehen. In diesem Ratgeber geht es darum, den Spielern zu helfen, das
    beste deutsche crypto Casino ausfindig zu machen!
    Ethereum, Litecoin, Bitcoin Casinos und andere bieten Spielern Zugang zu denselben Spielen wie
    die üblichen Online Casinos. Sobald das Geld auf dem Konto ist,
    wird dem Spieler ein Willkommensbonus gutgeschrieben und er kann mit dem Spielvorgang beginnen. Bitte beachten Sie, dass neue Casinos oft großzügige Boni mit
    loyalen Wettbedingungen anbieten, um Spieler anzuziehen.

    References:
    https://online-spielhallen.de/nvidia-treiber-automatische-updates-dauerhaft-deaktivieren/

Leave a Reply