नेपाल प्रहरी/बाजुरा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगन्नाथ गाउँपालिका-३ बस्ने २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ढोलीले ती किशोरीलाई हिमाली गाउँपालिका-६ धिमस्थित पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
जबरजस्ती करणी गरेको अभियोगमा मदन ढोली पक्राउ
