नेपालको चर्चित जिल्ला गोरखाबाट राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछाने पुग्दा उम्मेदवार सुदन गुरुङको पक्षमा उपस्थित जनताहरुको संख्या ठुलो थियो। सभापति लामिछाने सुदनको पक्षमा भने, ‘जेनजी’ आन्दोलनका निडर र हक्की तन्नेरी युवा उम्मेदवार सुदन गुरुङको छाती नै चिरेर हेर्दा हुन्छ, त्यहाँ शुद्ध नेपाल र नेपालीपन भेटिन्छ।
यो पटक रास्वपाको सरकार बन्छ, ३५ वर्षसम्म देश लुटेर बस्नेहरूले अब सिट खाली गरिदिए हुन्छ। हामी भत्किएको सिंहदरबार फेरि बनाउँछौँ तर हाम्रा ती भाइबहिनीहरूको जीवन फिर्ता आउँदैन, जो यो भ्रष्ट प्रणालीका कारण गुमे।
यो निर्वाचन २०८२ केवल मतदान मात्र होइन, यो त विगत तीन दशकदेखि देशलाई खोक्रो बनाउने ‘राजनीतिक सिन्डिकेट’ विरुद्धको महायुद्ध हो। अब चुनाव हुन मात्र ७ दिन बाँकी छ। विदेशमा पसिना बगाइरहेका नेपालीहरू ‘परिवर्तनको राँको’ बोकेर गाउँ शहर फर्किसकेका छन्।
अहिले रास्वपा प्रवेश गर्नेहरूको ताँती छ। ३५ वर्षसम्म सत्ताको लुछाचुँडी गर्नेहरूको किल्ला बालुवाको महल झैँ ढल्दैछ। यो विद्रोहको लहरलाई मतदानको बाकससम्म पुर्याउने बेला आएको छ। यदि यो अन्तिम अवसरलाई हामीले सदुपयोग गरेनौँ भने आउने पुस्ताले हामीलाई कहिल्यै माफ गर्ने छैन। फागुन २० गतेको सूर्योदयले नयाँ नेपालको भविष्य लेख्ने निश्चित छ।
