फेब्रवरी २५, २०२६ बुधबार बसेको राजनैतिक विश्लेषकहरुको एउटा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फाल्गुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १६४ भन्दा धेरै सिट ल्याएर बहुमतको सरकार बनाउने भएको छ।
अबको निर्वाचनबाट रास्वपाले बहुमतको सरकार बनाउने देखिएको छ। सो दलले यस पहिला नै मेयर बालेन्द्र ‘बालेन’ शाहलाइ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ। यसर्थ अबका प्रधानमन्त्री मेयर शाह हुनेछन। रास्वपा ठुलो दल हुने कुरा त अन्य दलहरुले पनि स्विकारेका छन्। उनीहरुको गोप्य बैठकमा भनिएकै कुरा हुन्।
विभिन्न पक्षहरु ‘बहु-पक्षीय’ सर्भेक्षण, अध्ययन र विश्लेषण गरिए अनुसार रास्वपाले प्रत्यक्षतर्फ १२० देखि १२४ सिट ल्याउने देखिन्छ। त्यसैगरी समानुपातिकतर्फ सो दलले सबैभन्दा बढी ४० देखि ४४ सिट ल्याउने देखिन्छ। दुबैतर्फको कुल १६० देखि १६४ सिट ल्याउने अनुमान गरिएको छ।
उसो त रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले १५१ सिट भन्दा धेरै ल्याउने आफ्नो अध्ययन रहेको बताउँदै आएका छन्। १६४ भन्दा धेरै सिट ल्याउने यो विश्लेषण भन्दा डा. वाग्लेको १५१ सिट लाइ उनीहरुले कम्जोर अवस्थामा या पक्का-पक्की जित्ने सिटलाइ पब्लिक गरेको अनुमान गर्नसकिन्छ। यसर्थ डा. वालेको विश्लेषण हचुवा होइन, अध्ययन गरेको र वास्तविकता नै रहेको बुझ्न सकिने कुरा एक विश्लेषकले बताए।
नेपालको प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १६५ सिट समानुपातिकमा तर्फ ११० गरि जम्मा २७५ सिट हुने ब्यबस्था छ। कुनै पनि दलले १८४ सिट ल्याउँदा संसदमा दुइ-तिहाइ हुन्छ। दुइ-तिहाइको संसदले थुप्रै कानुन बनाउन र बदल्न मात्र होइन संबिधान नै संसोधन गर्न सक्छ। सो अध्ययन अनुसर यो पटक रास्वपा करिब-करिब दुइ-तिहाइको नजिक छ।
यसबाट अतालिएका पुराना दलहरु नेपाली कांग्रेसका गगन पक्ष (देउबा र कोइराला पक्ष शान्त छन्), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हरुले भने हदै-सम्मको आक्षेप लगाउन थालेका छन्। एमालेले त बिगत देखिको आफ्नो झडप गर्ने बिधि गर्न सुरु थालेको छ।
नेपालको आम निर्वाचन फाल्गुन २१ को परिणामले आगामी अर्को निर्वाचन नहुँदा सम्मको लागि राजनैतिक दलहरुको बरियता क्रम निर्धारण गर्नेछ। यो पटक बरियतामा आमुल परिवर्तन हुने भएको छ। राजनैतिक विश्लेषकहरुका अनुसार यो पटकको बरियता रास्वपा पहिलो, एमाले दोश्रो, नेपाली कांग्रेस तेश्रो र नेकपा चौथो हुने अनुमान गरिएको छ।
