डायस्पोरा नेपालीको मुद्धालाइ दलको एजेन्डामा राख्ने उम्मेदवार शर्मा

Spread the love

२०२२ मार्च मा गैरआवासीय नेपाली संघलाइ नेपाली कांग्रेसका गगन थापा र एमाले दल मिलेर विभाजित गरे। त्यो समय माओवादी नेता रहेका तत्कालिन मन्त्री जनार्दन शर्माले भने सहि बाटो पकदिए र बैधानिक गैरआवासीय नेपाली संघको महाधिवेशन (यानक एण्ड यति) मा आएर प्रमुख अतिथि भएर उद्घाटन गरे। 

त्यसपछि नेपाली कांग्रेसमा यो बिषयलाइ लिएर विवाद भयो। डा. प्रकाश शरण महतले तुरुन्तै कांग्रेसले गतल निर्णय र गरेको जवाफ दिए। अन्तत अदालतको परमादेशले पनि त्यसै फैसला गर्यो। एमाले र गगन थापा कानुनि रुपमा नै गलत सावित भए। 

राजनैतिक रुपमा उनि जता रहुन तर पनि त्यो समय देखि नै जनार्दन शर्माले डायस्पोरा नेपालीका एजेन्डामा खरो रुपमा बिषय उठाउने गएका छन्। निर्वाचनमा पनि उनीहरुको नयाँ दलले घोषणा पत्रमा नै एजेन्डा उठाएको छ। 

माओवादी बिभाजन भएसंगै नयाँ बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ यो पटक सोहि दलबाट उनकै निर्वाचन क्षेत्रमा उम्मेदवार भएका छन्। सधै माओवादीबाट चिनिने शर्मा यो पटक कम्युनिष्ट धार छोडेर बनेको नयाँ दलको नेता छन्। 

उनि जित्दै आएको रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका शर्माले केहि डायस्पोरा नेपालीहरुसंग संवाद गरेर तत्कालिन एजेन्डाबारे पनि सोधेका थिए। कुलमान सँग जोडी मिलेको बेला यो टिमले नेपालको बिधुत ब्यबस्थापनमा इतिहास नै तोडेको थियो।