भत्तेरेको संख्या भन्दा पनि खिचडी कस्तो पाक्छ भन्ने मुख्य::कांग्रेसको बि-महाधिवेशन

Graphic representation featuring two individuals associated with the Nepali Congress party and a tree symbol.
Spread the love

नेपाली कांग्रेसले आफ्नो दलको बिधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमिति बाहेक व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको कुरा पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनवरी ७, २०२६ बुधबार बिज्ञप्ति जारि गर्दै बताएको थियो। 

तर यसलाई बेवास्ता गर्दै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन गर्न जनवरी ११ र १२, २०२६ (पुस २७ र २८)  गते भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाए। कांग्रेस दलकै महामन्त्री भएर पनि ४ लाख भन्दा बढी फर्जी सदस्य बनाउने यहि शर्मा-थापा गुटले दिएको संख्या अनुसार विशेष महाधिवेशनमा २,६६२ जना प्रतिनिधि सहभागी भएका छन्। त्यसलाई पुष्टि गर्न दिएको संख्या मात्र हो, नाम आएको छैन, पुष्टि गर्न अझै बाँकी छ। 

जसले ४ लाख भन्दा धेरै सदस्य फर्जी बनाउँछ त्यसको कुरा सजिलै कसरी पत्याउने? तर पनि रजिष्टर गर्ने जिम्मेव्वारी लिएका भनिएका युवराज पाण्डेयद्वारा सार्वजनिक गरिएको संख्या अनुसार: 

  • कोशी– ४२५
  • मधेश– ४४६
  • बागमती–४३२
  • गण्डकी– २९६
  • लुम्बिनी– ३९८
  • कर्णाली– १३४
  • सुदूरपश्चिम– १५८

यहाँ मुख्य कुरा चरण बद्ध रुपमा फेरिंदै आएको छ: 

  • पहिला महामन्त्री शर्माहरुले नेतृत्व परिवर्तन हुँदैन भने – अहिले हुन्छ भन्दैछन 
  • पहिला महामन्त्री शर्माहरुले नीति मात्र परिवातन गर्ने भने- अहिले सबै परिवर्तन हुन्छ भन्दैछन्
  • पहिला महामन्त्री शर्माहरुले दल फुट्दैन भने -अहिले कुनै पनि सिमा छैन भन्दैछन् 

कांग्रेसको १४ औं महाधिवेशनमा रहेका ४,७४३ जना महाधिवेशन प्रतिनिधि थिए। जसमध्ये २,६६२ जना सहभागी भएको बताइञ्च। तर यी प्रतिनिधिहरु भनेका जे-जे शर्मा-थापाले बोल्छन त्यसमा ल्याप्चे हान्नेहरु खालका छैनन। ति मध्ये डा. शसांक कोइराला, मध्येमार्गी नेता उदय शम्शेर राणाहरुको समूह पनि छ। बौद्धिक समूह धर्मेन्द्र नेम्बाङ्ग समूह, केहि डा. शेखर कोइराला निकट डा. सुनिल शर्माहरुको समूह पनि छ। यो सबै जोड्दा उनीहरु यसलाई बदलेर पार्टीको एकतामा ल्याउनको लागि नै लागि परेका छन्।

यसको अर्थ संख्या कति भन्नेले यो बिशेष महाधिवेशनमा अर्थ राख्दैन। किनकी त्यहाँ उपस्थित मध्ये धेरै सभापति देउबा निकट छन्, कतिपय मध्येमार्गी छन् र धेरै त लहडमा आएका छन्। यदि नेतृत्व फेर्ने नै हो भने केहि संख्या घट्छ, दलनै फोर्ने हो भने अझै घट्छ। अनि ती मध्ये हस्ताक्षर गर्ने सख्यामा २०० भन्दा कम हुने अनुमान कांग्रेस निकटहरु बताउछन्। सारमा भन्नुपर्दा भत्तेरेको संख्या कति हो भन्दा पनि खिचडी कस्तो पाक्छ भन्ने मुख्य कुरा हो।

जे सुकै भनिएता पनि सबै जोडेर जम्मा ३४ जना मात्र केन्दिय समिति सदस्यहरु सभाभागी भए। 

  1. विश्वप्रकाश शर्मा
  2. गगन थापा
  3. फरमुल्लाह मन्सुर
  4. गोपालमान श्रेष्ठ
  5. अर्जुननरसिंह केसी
  6. तारानाथ रानाभाट 
  7. प्रदीप पौडेल
  8. चन्द्र भण्डारी
  9. भरत शाह
  10. बहादुरसिंह लामा
  11. प्रतिमा गौतम
  12. प्रकाश स्नेही रसाइली
  13. अजयबाबु शिवाकोटी
  14. ध्रुव वाग्ले
  15. अर्जुन जोशी
  16. डा. डिला सङ्ग्रौला पन्त
  17. महेश आचार्य
  18. तारामान गुरुङ
  19. मधु आचार्य
  20. मुक्ता यादव
  21. पुष्पा भुसाल
  22. आङगेलु शेर्पा
  23. अमृत अर्याल
  24. गोपाल दहित
  25. मोहन आचार्य
  26. महेन्द्रकुमार राय
  27. चिनकाजी श्रेष्ठ
  28. कर्णबहादुर बुढा
  29. जानकी सिंह
  30. अब्दुल सतार
  31. उदय शमशेर राणा
  32. नानु बास्तोला
  33. योगेन्द्र चौधरी
  34. विनोद चौधरी