नेपाली कांग्रेसको अङ्ग मानिने जनसम्पर्क समितिहरु समितिहरु मध्ये सबैभन्दा शक्तिशाली अमेरिकाका भनिएका ३३ वटा च्याप्टरहरु मध्ये २६ वटामा निर्विरोध नेतृत्व चयन सम्पन्न भएको छ। च्याप्टर अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएको समितिका केन्द्रीय सभापति एवं नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जानकारी दिएका छन्।
डिसेम्बर २०, २०२५ का दिन एकैसाथ सम्पन्न २६ वटै च्याप्टर अधिवेशनबाट निर्बिरोध रूपमा नयाँ नेतृत्व चयन भएको छ। त्यसमध्ये नर्दन क्यालिफोर्निया ग्रेटर बे एरिया च्याप्टर सबैभन्दा धेरै सदस्य भएको च्याप्टर छ। त्यसैगरी क्यालिफोर्निया र टेक्ससमा ३/३ वटा ग्रेटर एरिया च्याप्टर रहेका छन्।
समितिले डिसेम्बर ४ देखि १५ सम्म जनसम्पर्कको सदस्यता खुला गरेको थियो। कांग्रेसका वर्तमान महामन्त्रीहरुले नियतवस सदस्यता लिन असहज सिस्टम बनाएता पनि ४ हजार भन्दा धेरैले जनसम्पर्क समितिको अमेरिकाको सदस्यता लिएका छन्। यदि जेन-जी प्रोटेस्ट पूर्व अधिवेशन भएको भए अमेरिकामा २० हजार भन्दा धेरैले जनसम्पर्क समिति अमेरिकाको सदस्यता लिने अनुमान गरिएको थियो।
२६ च्याप्टरमा सर्वसम्मत नेतृत्व
हाल अमेरिकामा नेपाली जनसम्पर्क समितिका ३३ वटा च्याप्टर क्रियाशील रहेका छन्। त्यसमध्ये २६ वटा च्याप्टरमा एकैपटक अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भएको छ। ७ वटा च्याप्टरहरुमा भने समितिको गाइडलाइन अनुसार मापदण्ड पूरा गर्न कायम रहन सकेनन् भन्ने कुरा बिष्ट नेतृत्वले जानकारी दिएको छ।
२६ राज्य तथा ग्रेटर एरिया च्याप्टरहरु
- नर्दन क्यालिफोर्निया (नरक्याल- २० भन्दा धेरै सिटी) ग्रेटर बे एरिया च्याप्टर सभापतिमा हरि भट्ट
- साउदर्न क्यालिफोर्निया (सोक्याल- करिब १० सिटी) ग्रेटर लस एन्जलस एरिया च्याप्टर सभापतिमा रामचन्द्र लामिछाने
- ग्रेटर सेक्रमेण्टो एरिया (करिब ५ भन्दा धेरै सिटी, क्यालिफोर्नियाको राजधानी) सभापतिमा राजाराम अधिकारी
- ग्रेटर सेन्ट्रल टेक्सस एरिया सभापतिमा विनोद श्रेष्ठ
- ग्रेटर वेष्ट टेक्सस एरिया सभापतिमा हरिप्रसाद ढकाल
- ग्रेटर अष्टिन टेक्सास एरिया सभापतिमा कौशलकुमार यादव
- न्यूयोर्क च्याप्टरको सभापतिमा दिनदयाल भण्डारी (दिनेश)
- कोलोराडो सभापतिमा डा.गणेश भण्डारी
- डालास (टेक्सास) सभापतिमा उज्वल खत्री
- मेरिल्याण्ड सभापतिमा नेत्र केसी
- विस्कनसिन सभापतिमा हरिहरू पौडेल,
- लङ आइल्याण्ड सभापतिमा श्याम पौडेल,
- कनेक्टिकट सभापतिमा रबिन लिम्बु
- जर्जिया सभापतिमा शिवकमल पौडेल
- नर्थ क्यारोलिना सभापतिमा भानु आचार्य
- शिकागो सभापतिमा विजेन्द्रविक्रम राणा
- साउथ फ्लोरिडा सभापतिमा अभिनाश नायक
- भर्जिनिया सभापतिमा यमकुमार सिटौला
- न्यूजर्सी सभापतिमा सञ्जीव श्रेष्ठ
- पेन्सलभेनिया सभापतिमा गार्भीलाल यादव
- कान्सास सिटी सभापतिमा फिलिप केसी
- बोस्टन सभापतिमा विश्वा लामा
- मिशिगन सभापतिमा कृष्ण सिंह
- केन्टकी सभापतिमा युवराज ढुंगाना
- नेभाडा सभापतिमा प्रवीन माखिम
- नेब्रास्का सभापतिमा भुवन भण्डारी
सभापति बिष्टको चमत्कार की आपसी सम्मान ?
उसै पनि अमेरिका त्यसमाथि कांग्रेसको जनसम्पर्क समिति अमेरिका भनेपछि कांग्रेसीहरुको घ्यान अमेरिकाले खिचेको छ। सबैभन्दा विवाद हुने जनसम्पर्क समिति अमेरिकामा एक दशक देखि नयाँ नेतृत्व चयन भएको छैन। २०१४ देखि नेतृत्व चयन गर्न नसकेको भनेर आरोप खेपेका सभापति आनन्द बिष्टले सबै राज्य र ग्रेटर एरिया (एकभन्दा धेरै सिटीहरु) च्याप्टरहरुमा एकैपटक एकै दिन अधिवेशन सम्पन्न गर्न सके। त्यसमा पनि सबैमा निर्बिरोध नेतृव चयन हुनु चमत्कार नै गरेको मानुपर्ला। यस्तो संभव कि अधिनायकवादी उत्तर कोरिया जस्तो कम्युनिस्टमा निर्देशन गरेर हुन्छ की भने सबैको अस्थित्व स्विकारेर अरुको सम्मान गर्दा यस्तो संभव हुन्छ। उत्तार कोरिया जस्तो नभएको र कांग्रेस कम्युनिष्ट नभएकाले यो आपसी सम्मान नै भएको मान्नुपर्ला।
ठुलो धनरासी, नेपालको संबैधानिक अधिकारप्रति कांग्रेसको छेडखानी
करिब ४ हजार भन्दा धेरैजनाको सदस्यता शुल्क नै १ करोड ७२ लाख रुपैयाँ भन्दा धेरै हुन्छ। नेपालमा दलनेताहरुको फोन ब्यस्त रहन थालेका छन्। आसन्न चुनावले महङ्गो खर्च धन्न उनीहरुलाइ जनसम्पर्क समितिहरुको सहयोग नै ठुलो राहतको श्रोत हुने गरेकोछ। त्यसमाथि व्यक्तिहरुलाइ दिने चुनाव खर्च समेत जोड्ने हो भने नेपाली कांग्रेसले २०/३० करोड देखि १ अर्ब रुपैयाँ या सो सरहको आर्थिक श्रोत अमेरिकाका समर्थकहरुबाट जुटाउन सक्छ। कुनै न कुनै दिन यो कुरा अमेरिकाको राजश्वोले पनि खोजी गर्न सक्छ।
तर बिडन्बना नै मान्नुपर्छ अमेरिका, युके, युरोप, क्यानाडा अष्ट्रेलिया जस्ता धेरै देशमा बस्ने नेपाली मुलका बिदेशीहरुको नागरिकता र
बिदेशमा बन्ने नेपालीहरुले समेत पाउने एनआरएन कार्डलाइ संबैधानिक हक काटेर निकम्मा बनाउन पनि कांग्रेस र एमालेको मात्र हात छ। भएको अधिकार पनि काटेर ऐन बनाउने, ऐनमा भएका ब्यबस्था पनि घटाएर कार्यविधि बनाउनमा कांग्रेसले मुख्य रोल खेल्यो। यसमा सबैले पिन गाडेका छन्। यो कुरामा जनसम्पर्क समिति अमेरिकाले बुझ्नु जरुरी छ।
जनसम्पर्क अमेरिका केन्द्रीय अधिवेशन र उम्मेदवारको जुर्मुराहट
च्याप्टर अधिवेशन सम्पन्न भएसँगै जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशनप्रति सबैको चासो बढेको छ। उम्मेदवार हुनेको जुर्मुराहत बढेर गुट-गुटको जुम हुन् थालेको खबर आएको छ। प्रत्येक च्याप्टरबाट पाँचजना साधारण सदस्य बराबर एकजना केन्द्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ। ती प्रतिनिधिहरूले केन्द्रीय अधिवेशनमा मतदान मार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेसले यो पटक निर्वाचन आयुक्त नेपालबाट मनोनित गर्ने ब्यबस्था गरेको छ। त्यो व्यक्ति अमेरिका या नेपालको कुनै पनि हुन् सक्छ। तर जनसम्पर्क अमेरिकाको निर्वाचन समिति यस पहिला नै अस्थित्वमा छ।
यसै अवधिमा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण तथा वितरण कार्य पनि सम्पन्न गरिएको र सो को सबै विवरण संकलन गरी पार्टी केन्द्रलाई जानकारी गराइने बताइएको छ। पार्टी समन्वय विभागसँग छलफल गरी केन्द्रीय अधिवेशनको मिति र स्थान तय गरिने सभापति विष्टले जानकारी दिएका छन्। यसअघि डिसेम्बर २७ मा हुने भनिएको केन्द्रीय अधिवेशन व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको छ। अधिवेशन स्थगित भएपछि छिट्टै नयाँ मिति र स्थान सार्वजनिक गर्न समिति कुरा विज्ञप्तिबाट जनाइएको छ।
समितिको आगामी केन्द्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यो लेख्दै गर्दासम्म अर्थात् डिसेम्बर २७, २०२५ प्यासिफिक समय दिनको १२:४५ सम्म:
- गौतम दाहालले स्पष्ट रुपमा आफू सभापतिको लागि तयार रहेको, नेटवर्क गरिसेको र अहिले कसरी र कोकोसँग टाई-अप गरेर जाने भनेर काम गर्दैगरेको बताएका छन्। यो पटक जनसम्पर्क समितिको अधिवेशन सफल गर्न सबै भन्दा धेरै सक्रिय ब्यक्ति गौतम दाहाल नै हुन्। कामको आधारमा भन्ने हो भने उनि अब्बल नम्बरमा छन्। बिष्टले बोल्दैनन तर भित्री रुपमा सभापतिको बिष्टको निकट दाहाल नै छन् भन्ने कुरा सबैलाई थाहा छ। त्यसैले अन्यथा नभए ठोकुवा गरेर भन्न सकिन्छ गौतम दाहाल सभापतिका निश्चित रुपमा उम्मेदवार हुन।
- मुनिन्द्र नेम्वाङले जेन-जी प्रोटेस्ट पहिला मसँग १ घण्टा भन्दा लामो समय फोनमा कुरा गर्दा आफू कुनै पनि हालतमा सभापतिको लागि तयार रहेको बताएका थिए। तर उनको पछिल्लो अपडेट पाइएको छैन। उनि बिश्वप्रकाश शर्माको निर्देशन कुर्छन तर झुक्किन नहुने कुरा चाहिं गगन थापालाइ फरक रुपमा हेर्छन। मुनिन्द्र नेम्बाङ्गले महामन्त्री शर्माला ठुलो नेता मानेर होइनकी गाँठी कुरा चाहिं शर्मालाइ झापामा नेम्बाङ्ग परिवारको सपोर्ट अनिबार्य चाहिन्छ त्यसैले शर्माले मुनिन्द्रको सपोर्ट गर्छन। २०१४ मा पनि शर्मा आफैं अमेरिका आएर खुलेआम सपोर्ट गरेका थिए।
- वेदप्रसाद खरेलले केहि महिना पहिला क्यालिफोर्निया भिजिट गर्दा मलाइ फोनकल गरेर गरेको व्यक्तिगत भेटमा आफू २० बर्ष पहिला देखि नै सभापतिको लागि लडिरहेको तर के-के नमिल्ने गरेकोले सफल नभएको तर यो पटका सभापति उम्मेदवार हुन् नछोड्ने वताएका थिए। तर उनि यो पटक कुन गुटको पक्षमा उठ्ने हुन् त्यो भने खुलेको छैन। उनको पछिल्लो अपडेट पाइएको छैन।
- ज्ञानेन्द्र कार्कीले व्यक्तिगत रुपमा आफू उम्मेदवार हुने घोषणा गरेका छैनन। तर उम्मेदवार हुने भनेर तयारी गर्दै गरेको कुरा भने नकारेका छैनन। उनी सभापति देउबा निकट ठुला र चर्चित नेता मध्ये एकका निकट छन्। तर कार्कीको टाईअप मुनिन्द्र नेम्बाङ्गसंग भएको कुरा उनले बताएका छन्। उनी हल्ला गर्दैनन तर उनको संभावना नकार्न भने सकिन्न। राजनीति नै यस्तो कुरा हो पाउने बेलामा डा. शेखर कोइराला र डा. शशांक कोइराला नै लडेका हुन्। कार्की कतै हिरोवाला घोडा त होइनन ? नकार्न सकिन्न।
- त्यसैगरी विष्णु सुवेदी, सीपी पौडेल र भरत अर्यालले आकांक्षा व्यक्त गरेको भनिएको छ। केहि हप्ता पहिला भारत अर्यालसँग फोनमा कुरा हुँदा अब हेरौं भनेका थिए तर पछिल्लो अपडेट आएको छन्। यो लेख्दै गर्दासम्म विष्णु सुवेदी र सीपी पौडेलसंग कहिलै पनि जनसम्पर्क समितिको निर्वाचबारे कुरा भएको छैन र उनीहरु मध्ये कसैले पनि सम्पर्क गरेका छैनन। थाहा नभएको कुरामा लेख्नुको अर्थ छैन।
जे-जे सुकै र जो जो उम्मेदवार हुने भनिएता पनि नेपाली कांग्रेसको गुटको लाइन अनुसार अमेरिकाको उम्मेदवारहरुको गुट बन्छ, मन परे या नपरेपनि त्यहि सत्य हो। पछिल्लो एक हप्ताको कांग्रेसको गुटको गठजोड हेर्दा सभापति देउबा र डा. शेखर कोइराला गुट अमेरिकाको हैसितमा एकातिर जाने अनि गगन थापा र धमिलो पानीवाला गुट अर्कोतिर हुने देखन्छ। त्यसैले अन्तमा, गौतम दहला, मुनिन्द्र नेम्बाङ्ग, ज्ञानेन्द्र कार्की र बेद खरेल मध्ये एक र बाँकी मध्येसंग झिनो प्रतिस्पर्धा या निर्बिरोध नेतृव पनि हुने संभावना छ।
