पहिलो कुरा त कम्युनिष्टहरु मानिव परिभाषाको सूचांकमा गरिवीको रेखा मुनि पर्छन। अर्थात उनीहरु मानव हुन् सक्दैनन। भर्खरै मात्र नेपाल कम्युनिस्ट एमालेले आफ्नो माहधिवेसहन सम्पन्न गरेर फेरी पनि केपी शर्मा ओलीलाइ अध्यक्ष निर्वाचित गरेको छ। यो नतिजा भनेको अपेक्षित नै थियो किन की महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रजातान्त्रिक थिएन। जो आए उनीहरु प्रजातान्त्रिक रुपमा चयन भएर आएनन। जबरजस्ती कतिपय ठाउँमा कुटाकुट नै भएको थियो।
हुन त नेपाली राजनैतिक दलहरुमा केवल राष्ट्रिय स्वतन्त्र पार्टी मात्र एउटा दल हो जसले धेरै कुरा प्रजातान्त्रिक बिधि अपनाउँछ। कम्युनिष्ट त्यसमा पनि एमाले अनि झन् माथि ओली गुट भनेपछि अन्य व्यक्तिले चुनवा जित्ने संभावना भनेको असंभव नै थियो। तर पनि चुनौती दिएका इश्वोर पोख्रे गुटलाइ भने साहसी नै मान्नुपर्ला। तर राजनैतिक विश्लेषकहरुले भने अब एमाले पनि फुटेर जान्छ भनेका छन्। ओलीले पोख्रेल गुट दबाउँछन्, बदला लिन्छन अनि पेलाई र हेपाइ खप्न नसक्दा दल फुट्ने निश्चित नै छ। यो ओलिटिक्स नै हो कि विपक्षको सफाया गर्ने। सारांसमा भन्नुपर्दा यो नतिजा अपेक्षित नै थियो। जसरी पनि ओली भन्ने भट्टीमा पाकेको पकवान पनि ओली नै हुने हो।
