नेपालको प्रजातान्त्रिक अभ्यासमा रास्वपा नै सबैभन्दा अगाडी

Spread the love

एउटा प्रजातान्रिक दलको मुख्य अभ्यास भनेको दलको सदस्यता लिने सहजता, निर्वाचन प्रणाली, पब्लिक अफिसमा उम्मेवार हुन दलमा प्रतिस्पर्धा गर्ने सहजता जस्ता बिधिमा नेपालका सबै दल अप्रजातान्रिक छन् केवल राष्ट्रिय स्वतन्त्र पार्टी मात्र अगाडी देखीयो। प्रतिनिधि सभाको निर्वाचन मुखैमा छ। हाल सम्म रास्वपा नै एक मात्र अगाडी बढेको दल देखियो। 

गत निर्वाचनको चौथो ठुलो दल भएत पनि कुनै पनि दलमा उम्मेदवार चयनको बिधि थिएन र छैन पनि तर रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवार छनोटको विधि बनाएको छ । एक पटक भन्दा समानुपातिक हुन् नपाउने बिधि छ। यो अर्थमा यो दल उत्तम र अगाडी छ। रास्वपाले आसन्न संगठन विस्तारको माध्यम समेत बनाएको छ। दल प्रवेस गर्ने र सदस्य बढाउने काम पनि गरेको छ। केहि नेताले दल छोडेपनि उसलाई खसी असर परेको देखिएन। 

गत निर्वाचनका दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशनमा छन्। एमालेले अनिबार्य रुपमा अध्यक्ष केपी शर्मा ओली जिताउने कर्मकाण्डी गर्दैछ भने नेपाली कांग्रेसले महाधिवेशनको मिति तय गरेपनि तय गरेर अलमल गर्दैछ। अनि गत निर्वाचनको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र र नेकपा एसमिलाएर बनाएको नेपाली कम्युनिस्ट पार्टीको देशव्यापी सन्देश सभा गर्दै हिंडेपनि चुनावी अभियान भने गरेको देखिएन।

नयाँ दलहरु प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, गतिशील लोकतान्त्रिक पार्टी लगायतले खासै रुपमा गति लिन सकेनन। कुलमान घिसिङ्गलाइ जति नागरिकले पत्याए दल बनाए पनि त्यो रुपमा स्विकारेनन।