नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले दललाइ आफ्नो तबेला बलायेका छन्। जे मन पर्यो उस्तै र जति बेला मन पर्यो तेतिबेला बेमौसमी रुपमा दलको बिधान बजाउन थालेका छन्।
ताम-झामका साथ् सुरु हुँदै गरेको महाधिवेशनमा उनको तालमेल मिलाउनकै लागि बिधान मिचेर तबेला बजाएका छन्। शुक्रबार साँझ अबेर सकिएको सचिवालय बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यान दिएर विधान नचलाउने निर्णय गरेको थियो तर बैठक सक्किने बितिक्कै आइतबार बसेको केन्द्रीय कमिटी बैठकबाट उल्ट्याइएको छ।
भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि राखिएको केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्यहरू विशाल भट्टराई, खिमलाल भट्टराई लगायतले विधान संशोधनको प्रस्ताव ल्याएका थिए। ओलीले आफ्नै डबदबा बढाउनकै लागि ५० देखि १०० सिट नयाँ पुस्ताका लागि भनेर भर्ती गर्ने केन्द्र बनाएका छन्।
