नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा बिहान ९ बजे आकस्मिक बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकले पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने बताइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ।
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक
