७५ करोडको कारोबार भएको शिक्षक हित सहकारीमा पुनःथापाको नेतृत्व

Spread the love

ललितपुर। ७५ करोडको कारोबार भएको शिक्षक हित बचत तथा ॠण लिमिटेड (साकोस) ललितपुरको १७ औँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न भएको छ। साधारणसभाले अध्यक्ष शुक्र थापा,कोषाध्यक्ष रमेश कुमार रिजाल र लेखा सुपरिवेक्षण समितिका संयोजक जनार्दन आचार्यले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसहमतिले स्वीकृत गरेको छ।

संस्थाका जेष्ठ शेयर सदस्य देवेन्द्र बहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको चयन समेत गरेको छ। 

निर्वाचन समिति संयोजक गोपालप्रसाद घिमिरेका अनुसार:

  • अध्यक्ष- शुक्र थापा, हरिसिद्दी  मावि
  • उपाध्यक्ष गिरी प्रसाद तिमल्सिना, बज्रबाराही मावि
  • सचिव सुरेन्द्रकुमार घिमिरे, प्रभात मावि
  • कोषाध्यक्ष रमेश कुमार रिजाल, रुद्रायणी मावि
  • सञ्चालक देवीप्रसाद दुलाल प्रभात मावि
  • सञ्चालक ईश्वर सञ्जेल, नारायणी मावि
  • सञ्चालक मन्जु लामा, सिस्नेरी मावि
  • सञ्चालक कविता श्रेष्ठ, पाटन मावि
  • सञ्चालक सानुमाया लो, सरस्वती आवि

२०६५ मङ्सिर ५ गते  स्थापना भएको शिक्षक हित साकोसमा हाल १९३८ जना सदस्य छन् भने सहकारीले करीब ७५ करोडको कारोबार गरेको छ। साथै सहकारीले माध्यमिक शिक्षा परीक्षाका उत्कृष्ट विद्यार्थी, कक्षा १२ का उत्कृष्ट विद्यार्थी तथा उच्च शिक्षा एमफिल उत्तीर्ण गर्ने शेयर सदस्यलाई सम्मान गरिएको थियो।

सहकारी र संगठनको नेतृत्वको बारेमा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष बाबुराम थापाले समृद्ध नेपाल, सुखी नेपाली बनाउन सहकारीको भूमिका अहम् हुने धारणा राख्नु भयो। 

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरका अध्यक्ष देवीप्रसाद दुलालले संस्थाको ईमान भनेकै शिक्षकका आर्थिक विकास गर्नु र संगठनको धर्म भनेकै सहकारीको संरक्षण गर्नु हो भन्ने धारणा राख्नु भयो।