बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नुवाकोटे नेता बहादुरसिंह लामा तामाङले संसदीय दलमा ३७ मत मध्ये २२:१५ मतले हारेपछि सत्ता नछोड्ने राजनीति केहि दिन गरे त अन्तत सर्तको ढोगभेट पूरा हुने भएपछि आइतबारबात बहिर्गमन गर्ने भएका छन्।
गत हप्ता सम्पन्न भएको संदीय दलको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको थियो। सो परिणामका साथ् उनको संसदीय दलनेता गुमेको थियो। कानुन त उनले तत्काल राजिनामा दिनुपर्थ्यो। तर झन् राजनीत गरेर बसे, केहि थप मन्त्री नियुक्त गरे।
मुख्यमन्त्री लामाकाे पक्षमा उभिने प्रदेश सांसदहरूः
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. छेत्रबहादुर बम्जन
९. गिता गुरूङ
१०. मसिना खड्का
११. तिर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी
मुख्यमन्त्री लामाकाे बिपक्षमा इन्द्र बानियाँको पक्षमा हुने प्रदेश सांसदहरूः
१. इन्द्रबहादुर बानियाँ
२. शिवराज अधिकारी
३. कञ्चनचन्द्र वादे
४. दिपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तमाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीनकृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ
कांग्रेसको बागमती प्रदेश राजनीतिमा किचलो चलेकै अवस्थामा सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको दर्शनबेटपछि लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्त मागे। त्यसलाई सभापति देउबा र इन्कमिङ्ग मुख्य मन्त्री इन्द्र बानियाँले सहमति जनाएपछि आइतबार राजीनामा नयाँ सरकार बन्ने भएको छ।
