Headlines

राजावादीको पत्र र रास्वपा काबा सभापति अर्यालको जवाफ

रावाबादीहरुले गठन गरेको संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जेठ १५ गतेदेखि आयोजित देशव्यापी जनआन्दोलनमा सहकार्यको लिखित प्रस्ताव गरेको छ। समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै जेठ ६ गते पत्र पठाएका थिए।

संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य र बहुदलीय लोकतन्त्रलाई पुनस्र्थापनाको लक्ष्यसहित जेठ १५ देखि देशभर आन्दोलन सुरु गर्ने तयारी गरिरहेको छ। यस क्रममा विभिन्न दल र समूहहरूसँग सहकार्यको पहल जारी राखिएको समितिको भनाइ छ।

जवाफमा रास्वपा कार्यबाहक सभापति डिपी अर्याललेभने,  ‘यो बिषयमा हाम्रो समर्थन, हाम्रो सहकार्य अनि ऐक्यबद्धता केही हुँदैन। हामी सार्वजनिक संस्था हौं। सुवेदी नेतृत्वको रहेको समितिले यसै महिनाको १५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा पनि गरेको छ ।