Headlines

राप्रपाको प्रोटेस्टमा दुई हजार प्रहरी खटाइने, गृहमन्त्रीको गयो सात्तो

एक पछि अर्को गल्ति गर्दै गएका नेपाल सरकारका गृहमन्त्री रमेश लेखकोको हंसले ठाउँ छोडेको छ। उसै त निकम्मा त्यसमाथि एमालेको लहै-लहैमा लागेर एक पछि अर्को गल्ति गर्दै गएका उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गर्ने प्रोटेस्टले उनको हंसले ठाउँ छोडेको छ।

राप्रपाले मंगलबार काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। विभिन्न स्थानबाट -याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रमलाई मध्यनजर गर्दै त्यस अवधिभर आवश्यकता अनुसार सवारी साधनलाई ‘डाइभर्सन’ को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिने छ । आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूका लागि त्रिवि गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाह, नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै सभामा उपत्यका बाहिरबाट समेत ठूलो संख्यामा सहभागी आउने दाबी गरिएको छ।

सभालाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहित तीन सुरक्षा निकाय परिचालित हुनेछन् । प्रहरीको तर्फबाट करिब दुई हजार सुरक्षाकर्मी खटिने स्रोतले जानकारी दिएको छ । निगरानीका लागि सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोन प्रयोग गरिनेछ । उच्छृङ्खल गतिविधिमा संलग्न हुनेमाथि कडाइका साथ निगरानी र कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ । तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको र भोलिको प्रदर्शन र सभा सफल बनाउने निर्णय भएको बताए । उनका अनुसार मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्केन बताए । अहिले नै कति ठाउँबाट निस्कने भन्ने यकिन भइनसकेको उनको भनाइ छ । मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने त्यसका लागि राप्रपाले समेत ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्ने उनको भनाइ छ।

Leave a Reply