राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको, आफूलाई बस्ने ठाउँ भएको तर एमालेहरुलाइ भने त्यो पनि नभएको दाबी गरेका छन्।
उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन्। उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका छन्। उनले फेसबुकमा भनेका छन्, सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ।
दुर्गा प्रसाई सिंह नै हो, अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो। मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख।