Headlines

गद्य कविता:अँगार!

-गीता बजगाईॅ अधिकारी, अमेरिका, मार्च १२ २०२५

बल्दा झम्किला देखिने
खोस्रदा पोल्ने
अँगेनोमा होस्
वा चुह्लोमा
बलाए बल्ने
सल्काए सल्किने
जलाए जल्ने
दन्काए दन्किने
जता मिसियो
त्यसको रङ्ग बदलिदिने
तर आफू कदापि नबदलिने
अग्निगर्भभित्र घनीभूत भई
खानी बनेर
आसन जमाई बसेको
अजीवको छ
ॲगार !

यसको सामर्थ्य
अझै आश्चर्यलाग्दो छ
जे छोयो त्यही
आफूझैँ बनाई दिन्छ
मन छोयो
मन ॲगार
धन छोयो
धन ॲगार
दुध छोयो
दुध ॲगार
दही छोयो
दही ॲगार
पानी छोयो
पानी ॲगार
व्यवस्था छोयो
व्यवस्था ॲगार
जसलाई छोयो
त्यसैलाई आफूमै टॅास्ने
यसको ॲहङ्कार
सफा नास्ने
र फोहोरमा प्रेम गॅास्ने
यसको आदत
जस्तो आफू त्यस्तै च्यापू
गजब छ
त्यो ॲगार!

उसको साथी खरानी
ऊॅ
खरानीसॅगै खेल्दा रमाउँछ
उसको मनपर्ने रङ्ग ध्वाँसे

त्यसैसॅग माया जगाउॅछ
मन पर्ने गन्ध धुवाँ
तसर्थ
निस्वार्थ चलिरहरेको
स्वच्छ हावालाई
दुषित पार्न चुर्मुराउॅछ
खरानी बनाउने
उसको नियत
धुवाँमा मिसिएर उड्नु
उसको जिजीविषा
जिजीविषाको
परिपूर्तीको लागि
सर्वत्र उसैको दब्दवा
न रोकिने
न सोच्ने उसको चाह
किनकि उसले
निलो आकाश
धुमिल पार्नु छ
सङ्लो पानी धमिल्याउनु छ
धर्तीको पर्यावरण बिगार्नु छ
हराभरा वन जलाउॅनु छ
सुस्वास्थ्य मस्तिष्क
बिरामी पारेर खल्बल्याउॅनु छ
र सधैँ आफ्नो लागि मात्र
तादात्म्य मिलाउन
खप्पिस् बनेर
ॲगारको जात जनाउनु छ
त्यसैले ऊ
आगोमा झोसिन्छ
अगुल्टोमा ठोसिन्छ
जल्दा झरिलो कोइला बन्छ
सेलाउॅदा अचम्मको
ॲगार बन्छ
यस्तै यसको
हाल छ
मालामाल यसको
चाल छ
बबाल यसको
जाल छ
भष्मभष्म
भष्मीभूत
निष्ठुर
ध्वाँसे छ ॲगार !!