Headlines

ब्यङ्ग्य कविता:खोस्टो

-अर्जुन राज पन्त , बाग्लुङ मुलपानी, फेब्रवरी १८, २०२५

हैन भनम नागरिकता नै हो
हो भनम गाइजात्रा भै गो

भिसा लगाई स्वदेशमा जाउ
आपनै खल्तिको मागेर खाउ

नागरिक भनि सम्बिधानले भन्छ
भिसा लगाउने कानुन बन्छ

छ यस्तो अन्त हेर चारै दिशा
स्वदेशी माथि को लाउछ भिसा

बस्नु छ लाइन नागरिकता बोकि
देशैको पो नै उपहास भो कि !

बिदेशी भैया भने त्यसै छिर्छ
नेपाली भने भिसालाई तिर्छ

बहुपासपोर्टधारी बरु मन्त्री भाछन््
सहि बाटो हिँड्नेले ठक्कर खाछन्

रेमिट्यान्समा बाँच्दा नि के बदला लिए
नागरिकता भन्दै के दिए -दिए

देखाइ त्यहि केहि खोज्दा किन्न
चल्दैन भन्छ सिम कार्ड नि दिन्न!

मालपोतले भन्छ यो चाँहि लिन्न
ब्याङ्कले नि भन्छ यो खाता दिन्न

न चिन्छ मालले न चिन्छ खालले
बेहत्तर बनायो  सरकारी  चालले

जिउँदो त हो रे  तर प्राण  छैन
नागरिकता हो रे अधिकार हैन!

सकिन्न भने  अधिकार  दिन
खोस्टा त्यसरी बाँडनु पो किन?

पढेर हेर सम्बिधानमा के छ
देउन  त्यहि भनेको  जे  छ

नदेउ राजनितिक अधिकार बरु
भोग  गर्न देउ  लेखेका  अरु

बिर्को  ढाकेर भर्न   राखेर
भरिन्न भाँडो पानी  थापेर

हराउछ चङ्गा  धागो  चुँडले
फुल्दैन कमल तलाउ हुँडले

नागरिकता भन्दै एक खोस्टो दिए
भन्दिए  त्यसलाई गैर आवासीय!

Leave a Reply