नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बाँदर चीनलाइ बेच्नुपर्ने कुरा बताएका हुन्। सुन्दा अनौठो लागेपनि यो बिषय भनेको बाँदर आतंक होइन सित्तैमा पाइने बाँदर बेचेर लुट्ने अर्को योजना हो। यसलाई सहज बनाउने उनले श्रीलंकाले बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका छन्।
उनले भने अब हामीले बाँदरहरू चीनतिर बेचौँ। श्रीलंकाले बाँदर चीनलाई बेचेर गतिलो आम्दानी गरेको छ। राजस्व पनि लिने, हानीकारक जन्तु पनि बेच्ने त्यो रणनीति हामीले पनि अपनाउँ।