अहिलेको चर्चामा रहेका रास्वपाका सभापति तथा नियोजित रुपमा एमाले र काँग्रेसले निलम्बन गरेका सांसद रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको लागि निवेदन दिएपछि सभामुख देवराज घिमिरेले ठोसे जवाफ दिएका छन्। लामिछानेले संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिन शुक्रवार सिंहदरबार पुगेका थिए।
सभामुखलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए।
त्यसपछि सभामुखले भने, तपाईंविरुद्ध मुद्दा चलेको होइन र ? एमालेका खड्गप्रसाद ओली शैलीमा सोदिएको सभामुखको प्रश्नपछि रविले कानुन व्यावसायीलाई स्पष्ट पार्न भनेका थिए। कानुन व्यावसायीले सभामुखलाई निलम्बन कानुन संबत नभएको कारण सहित जिकिर गरे।
तर सभामुखले विद्यमान कानुन, संसद् नियमावली र अभ्यास बमोजिम निलम्बन नहुनुपर्ने हो तर आफूलाई दलहरुको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा गर्नुपरेको कारण खुलासा गरे। उनले थप गर्दै भने, हिजो यस पदमा अरू कोही थियो, आज म एमालेको दलबाट छु भोलि अरू कोही हुनसक्छ। पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो तर पनि दवाव धन्न मुस्किल थियो र छ पनि सभामुखले लामिछानेलाई भने। तर पनि तपाईंहरुले निवेदन दिनुभयो, छलफल र परामर्शको विषय हो तर आजलाई समय भएन। हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ।