नेपाली कांग्रेसको रोग भनेको मनोनयन र बिभगहरुको गठन अन्तिममा आएर गर्ने। कांग्रेसको विधानमा बढीमा ५१ जना सदस्य रहने गरी विभाग गठन गर्ने व्यवस्था छ। नेपाली कांग्रेस पार्टीका ६९ वटा विभागहरु छन्। विधानले महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ तर दुइ बर्ष ढिला भैसक्यो।
केहि बिगतमा गठन भए भने केहि अहिले हुँदैछन्। त्यस मध्ये ५५ वटा गठन भएका छन्। गठन भएका विभागमध्ये पनि अधिकांशले पूर्णता पाइसकेका छैनन्। अचम्मै मान्नुपर्छ प्रजातान्त्रिक पार्टीको विधानले विभाग गठनको अधिकार सभापतिलाई मात्र दिएको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बाँकी बिभागहरु पनि गठन गर्ने तयारी भइरहेको छ। तर पनि यस्ता विभाग गठन हुन्छन तर काम केहि छैन र गर्दैनन। आजकल त फेसबुकमा लेख्ने बधाई मात्र हो।
यी विभागमा संयोजकसहित ५१ सदस्य रहनैपर्ने भए पनि प्रत्येक विभागमा संयोजक सहित १० जनामात्र सदस्य तोकिएका छन्। ३७ विभागमा मात्र सचिव तोक्ने काम भएको छ। किन विभागलाई पूर्णता दिने काममा ढिलाइ भयो भन्ने प्रश्नमा मुख्य सचिव पौडेलले भने, जिल्लाबाट विभाग सदस्यका लागि नाम मागेका छौँ। सभापतिहरूले नाम पठाए पश्चात् विभागले पूर्णता पाउँछ।