Headlines

सुशील कोइरालाले धावा बोलेको लिपुलेक एमाले-कांगेस सरकारले बेच्यो

भूतपूर्व प्रधानमन्त्री शुशिल कोइरालाले लिपुलेक हुँदै मान सरोवर कैलाश जाने भारत-चीन मार्ग बनाउन नेपाली भुमी भएकाले दावी गरेका थिए। तर नेपालको एमाले-कांग्रेस साझेदार सरकारले त्यो भाग भारतबाट के कति पाएर हो एजेन्डा नै बेचेको छ। त्यसैले सरकारले भारत र चीनबीच भएको मान सरोबर पदयात्रा खुलाउने सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निष्कर्ष निकालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए। हालै बेइजिङमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच मानसरोवर यात्राको सुरुवात गर्ने विषयमा सहमति भएको थियो। भारतीय तीर्थालुहरू लिपुलेक हुँदै कैलाश यात्रा गर्ने सहमतिमा उल्लेख भएको बताइएको छ। प्रवक्ता गुरुङले उक्त सहमति दुई देशबीचको प्राविधिक विषयमात्र भएको र यसले नेपालको स्वाधीनतामा आँच नपु¥याउने बताए।

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच लिपुलेखका विषयमा जुन सहमति भएको भनिएको छ। त्यसले हाम्रो स्वाधीनता, नेपालको नक्सामाथि प्रभाव पार्ने ढङ्गले गरिएको होइन। सहमतिमा उनीहरूबीचको प्राविधिक कुरा समेटिएका छन्। यस विषयमा क्याबिनेटमा पनि लामो छलफल भयो। हामीले चिन्ता लिन नपर्ने र त्यसले हाम्रो स्वाभिमानमाथि प्रश्न नउठ्ने ढङ्गले सम्झौता भएको हो । त्यसैले चिन्ता लिनुपर्ने निष्कर्ष निकालिएको हो,’प्रवक्ता गुरुङले भने।