अपराधी सांसद शर्मा र एमालेले पेलेको अदालत

हरेक मानिसमा कानुन र अदालतप्रति डर, आशा, भरोसा र विश्वास हुनुपर्छ। तर नेपालका राजनैतिक दल त्यसमा पनि सत्तामा रहेको दल नेकपा एमालेले अदालतबाट दोसी भएको फैसला भएकी अपराधीलाइ पनि जोगाएर सांसद बनाएको छ। नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा अर्थात अपराधी सांसद शर्मा। यसबारे काठमाण्डौ महानगरमा मेयर बालेन शाहले पोस्ट गरेको यो कुराले सबै कुरा पुष्टि गर्दछ। 

मेयर शाहको पोस्ट जस्ताको तस्तै: 

वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनी सकेको छ।

सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यु ,

सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ।

सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ??  कि नसमाउने ??

Comments
Related News
Latest Post