कम्युनिस्टहरूमा बुद्धि समयमा नआउँदो रहेछ :पूर्व प्रम नेपाल

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शीर्ष नेताहरूलाई आफूले गरेको गल्ती स्वीकार गर्न आग्रह गरेका छन्।समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको मत सदुपयोग गर्न सक्यौँ कि सकेनौँ भन्नेमा समीक्षा गर्न आग्रह गरे। नेताहरूलाई भन्न चाहन्छु, आफूबाट केके कमजोरी भएका छन् स्वीकार गर्नुस्। बहुमत दिएका छन्, सदुपयोग गर्न सक्यौँ कि सकेनौँ। 

अध्यक्ष नेपालले संविधान संशोधनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्झौता गरेर मात्रै नहुने बताए। संविधानले के दिएको छ, के दिएको छैन, अवश्य छलफलको विषय बन्छ। तर, मध्यरातमा गएर दुई नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन। नेपालले संविधान संशोधनको विषयमा खुल्ला बहस नगरेर मध्यरातमा हस्ताक्षर गर्दा शंका भएको बताए। 

विश्वमा कुनै पनि प्रणाली कमीकमजोरी मुक्त रहेको छैन। नेपालले कांग्रेसमा असहमति भए पनि मिलेको भन्दै कम्युनिस्टको बुद्धि पछि आउने आरोप लगाए। कम्युनिस्टहरूमा बुद्धि पछि आउँदोरहेछ। विनम्र हुनु भनेर सिकाए गाली आउँछ। नेता र पार्टीप्रति बढ्दो वितृष्णा चिर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीप्रति वितृष्णा फैलिएको छ, त्यो चिर्न जरुरी छ।

Comments
Related News
Latest Post