रास्वपाको दुई दिने कार्यशाला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने कार्यशाला केन्द्रीय कार्यालय, चःमति, वनस्थलीमा सुरु भएकाे छ कुरा पार्टीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। पार्टीको आगामी रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी भएको बताइएको छ।

कार्यशालामा पार्टी नेता तथा सबैबाट आएका बिचार, सुझावहरुलाइ अध्ययन गर्दै विचार, संगठन, मूल्य-मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने कुरा पार्टीले जनाएको छ।

Comments
Related News
Latest Post