सान फ्रान्सिस्कोमा कविता महोत्सव सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सान फ्रान्सिस्को शहरमा कविता महोत्सव सम्पन्न भएको छ। जुलाई २१, २०२४ मा आयोजित उक्त कार्यक्रम नर्दन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा सम्पन्न भएको हो

२११ औं भानु जयन्ती, ४२ औं विषेश्वर प्रसाद कोइरला (विपि) जयन्ती, गुरू पर्णीमाको उपलक्षमा आयोजित कविता वचन महोत्सव कार्यक्रम स्वस्तिक वाचनका साथ सुरु भएको थियो। त्यसपछि भानु र विपिको तस्वीरमा पुष्प गुच्छा अर्पण गरी कार्यक्रम अगाडी बढ्यो।

महोत्सवमा रीतादेवी प्रधान, बालकुमारी घिमिरे र स्वयं गीता बजगाई लगातले १७ वटा कविता वाचन गरेका थिए। महोत्सवमा बिजयी मथ्ये प्रथम हुने जमुना भट्टराईले ५ सय दोस्रो हुने प्रकाश पाण्डेले ३ सय र तेस्रो हुने उमा घिमिरेले २ सय  डलर पुरस्कार पाएका थिए। उक्त महोत्सवमा अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको समेत उपस्थिति रहेको थियो।

Comments
Related News
Latest Post