नेपाली कांग्रसमा करिब एक बर्षबढी समय देखि पार्टीको नियमित १५ औं महाधिवेशन गर्ने या बिशेष महाधिवेशन गर्ने भन्ने बिषयले दल फुटको लाइनमा पुगेको छ।
जसै बिशेष महाधिवेशन पक्षले नेतृत्व लुटेर लिए तब कानुनि लडाइ सुरुभयो। सुरुमा निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि बिशेषवालाकै पक्षमा अर्को पक्षको सुनुवाई नगरेको, एका पक्ष फैसला गर्यो भन्ने निर्क्योल त अदालतले नै गरिदियो। सोहि पुन:विचार गर्न दिएको निवेदनमा सर्वोच्च अदालतले दिएको कारणले कांग्रेसमा नयाँ तरङ्ग पैदा गरेको छ।
कानुनका बिज्ञहरुका अनुसार सो आदेश अनुसार कांग्रेस अहिले बिशेष महाधिवेशनको प्रस्ताव गर्दाको समय अर्थात करिब एक बर्ष पहिलाको समय/अवस्थामा पुगेको छ। अर्थात १४ औं महाधिवेशनको नेतृत्व नै कायम छ र बिशेष महाधिवेशन पारित भएको छैन। त्यसैले दलका सभापति शेरबहादुर देउबा नै हुन्। अन्तिम कुरा चाहिं अदालतको फैसलाले दिनेछ।
उसै पनि नियमित १५ औं महाधिवेशनको तयारी गरेको भनेर बिशेषवालाहरुले पनि हल्ला गर्ने गरेका छन्। हालै नियमितवालाहरुको दुइदिने काठमाण्डौ सम्मेलनले पनि पार्टी विभाजित भएको नजिर दिएको छ।
सम्मेलनका निर्णय यस्ता छन्:
१) १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ ।
२) १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
३) २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।
४) नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।
५) वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकाश दिइने छ।
निश्कर्ष
अदालतको पुन:विचारको आदेशले सभापति देउबा नै भएको एक खाले नजिर दियो। अब बिशेषवालाहरुले पनि १५ औं माधिवेशन गर्ने घोषणा गरेका छन्। नियमितवालाको काठमाण्डौ सम्मेलनले पनि त्यहि निर्णय गर्यो। त्यसको अर्थ अब दलमा आधिकारिक रुपमा ध्रुवीकरण सुरु भएको छ। केन्द्रिय तहको ध्रुवीकरणबाट तल सम्म धाँजा फाट्दै जान्छ अनि दुइ-दल बन्छन।
