नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र अरु दुजना आयुक्तहरु नियुक्त गरेको कुरा राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी गराएका छन्।
नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ भने गुरुप्रसाद वाग्ले र डा. राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो।
