प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दलको वरिष्ठ नेतामा सो दलका संसदीय नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाइ मनोनीत गरेको छ। जुलाई २९, २०२६ बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो।

महामन्त्री विपिन कुमार आचार्यका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो।