कांग्रेस र एमाले मिलेर न्यूरोड क्षेत्रमा हाँडी जात्रा सुरे गरे

काठमाण्डौ महानगरका मेयर बालेन शाहको कामको गति रे नागरिक सपोर्ट देखि आत्तिएका एमाले र नेपाली कांग्रेसले सधैं असहयोग र बिरोध गर्दै आएका छन्। यसै क्रममा कांग्रेस र एमालेको जोइलो मिलेको बेला संयुक्त रुपमा न्यूरोड क्षेत्रमा हाँडी जात्रा सुरे गरेका छन्। 

काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीको नाम दिएता पनि सबैजस्तो व्यक्तिहरु भाडाका खेताला र निर्देशित पार्टी क्याडेट भएको कुरा त्यहाँका ब्यबायीले बताएका छन्। शुक्रबार न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै उनीहरु सडक प्रर्दशनमा उत्रिएका हुन्।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबार बिहानदेखि न्यूरोडमा फुटपाथको काम र कालोपत्रे भत्काउन सुरु गरेको थियो। तर एमाले-काँग्रेसद्वारा आयोजित न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै विरोध प्रर्दशन गराएका छ।

यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो। स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो। फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर काटेको कालोपत्रे पनि टालेको थियो।

Comments
Related News
Latest Post