नेपाली कांग्रेस फुटको संघारमा छ। अदालती कांग्रेस गगन थापा गुटको सदस्यता लिनेहरुको संख्या नै बढेन। एक नेताका अनुसार १४ औं महाधिवेशनका क्रियाशील सदस्य मध्ये दुइ-तिहाइ बढीले सदस्यता नै लिएका छैनन।
त्यो लज्जास्पद अवस्थाले गर्दा थापा गुट कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको कुरा गुटका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। यसअघि नयाँ सदस्यता असार २० सम्म तोकेकोमा संख्या बढेनन।
सो गुटले कांग्रेसको १५ औं महाधिवेशन असोजमा १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेता पनि महाधिवेशन नै नगर्ने अदालती फैसला भएकाले त्यसैलाई १५ औं महाधिवेशन मान्ने सड्यन्त्र गरेको कुरा अर्का पक्षको दावी छ।
