नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने नै दोश्रो कार्यकालको लागि निर्बिरोध हुने भएका छन।
दलका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफैँले रविको नाम सभापतिका लागि प्रस्ताव गरे। उक्त प्रस्तावलाई ५१ जना केन्द्रीय सदस्यहरूले ताली बजाएर मनैदेखि समर्थन गरे। नयाँ नियम अनुसार अब रवि लामिछाने लगातार दुई कार्य-कालसम्म पार्टीको सर्वोच्च कमान्डर बन्न सक्ने छन्।
यस महाधिवेशनले दलका शीर्ष तीन पदमा अभूतपूर्व सहमति जुटाएको छ। जसअनुसार सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह र उपसभापतिमा डा. स्वर्णिम वाग्लेको नाम पक्का भएको छ। देशका यी तीन प्रतिभावान र लोकप्रिय नेताहरू एकै ठाउँमा उभिएपछि रास्वपाको शक्ति झन् बढेको महसुस गरिएको छ।
शीर्ष तीन पदबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि भने लोकतान्त्रिक तरिकाले चुनाव भइरहेको छ। नेताहरूका अनुसार दल भित्र देश विकासको नीति र काम गर्ने नियतमा सबैको एउटै मत भइसकेको छ।
बाँकी पदहरूमा योग्य र क्षमतावान् व्यक्ति छान्नका लागि प्रतिस्पर्धा हुनुलाई नेताहरूले सुन्दर लोकतान्त्रिक अभ्यास भनेका छन्। चितवनमा तीन दिनदेखि चलिरहेको यो महाधिवेशनले नेपाली राजनीतिमा नयाँ ऊर्जा थपेको छ।
