एमालेका उपाध्यक्ष पौडेल भ्रष्टाचार आरोपमा पक्राउ

Spread the love

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका छन्। उनलाई वीरेन्द्रनगरस्थित आयोजित एमाले पार्टीको कार्यक्रमस्थलबाटै सोमबार नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो। गिरफ्तारपछि पौडेललाइ सुर्खेत प्रहरीले उनलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पठाएको पत्रअनुसार पौडेललाई साँझ सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका-३ ‘शुभ होटल’ बाट नियन्त्रणमा लिइएको हो। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आजै पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।