नेपाल सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको लागि दरखास्त आव्हान गरेसंगै जन्मघर हुम्ला भएका २८ बर्षीय भानुभक्त उपाध्यायले सो पदको प्रतिस्पर्धामा आफ्नो दावी गरेका छन।
उसो त सबैभन्दा कम उमेरको परिपक्व रहेका उपाध्यायले पशुपतिमा ६ वर्षभन्दा बढी समय सेवा गरेका छन।यातिमात्र होइन उनले बाल्मीकी र त्रिभूवन विश्वबिध्यालय दुवैबाट शाश्त्री गरेका छन। उमेरले २८ वर्षाका उनले २०६८ सालदेखि पशुपति क्षेत्र विकासको समस्यालाई नजिकबाट नियाल्दै त्यही कर्म गरिरहेको पनि छन।
पशुपति क्षेत्र विकास कोषमा पदाधिकारीको लागि आफ्नो दाबेदारी सहित उनले ३२ वटा सल्लाह/सुझावहरू समेत प्रस्तुत गरेेका छन्। उनको ३२ बुंदे योजना:
१) आय-व्ययको विवरण नियमित रूपमा सार्वजनिक गर्ने
२) सबै खरिद प्रक्रिया खुला प्रतिस्पर्धाबाट गर्ने
३) अनियमितता रोक्न स्वतन्त्र अनुगमन समिति गठन गर्ने
४) धार्मिक तथा सांस्कृतिक संरक्षण र मन्दिर परिसरको मौलिकता जोगाउने
५) धार्मिक पर्वहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने
६) पुरातात्त्विक सम्पदाको संरक्षण र मर्मतमा विशेष ध्यान दिने
७) पशुपतिमा चढाइएका फूल–प्रसाद–जललाई चन्दन वितरणस्थलमार्फत वितरण गर्ने
८) पञ्चामृत पूजामा टोकन प्रणाली लागू गर्ने
९) गौशाला धर्मशालालाई कोषको मातहतमा ल्याई आवश्यक मर्मत–सम्भार तथा स्तरोन्नति गरि पशुपति क्षेत्र विकास कोषको केन्द्रीय कार्यालय (हेड अफिस) का रूपमा विकास गरी संस्थागत कार्य सञ्चालन गर्ने ।
१०) आनन्द बतास धर्मशाला सम्बन्धी सम्झौता तथा व्यवस्थापन प्रक्रियाको समेत विस्तृत छानबिन गर्ने
११) पशुपति क्षेत्र विकास काेषमा विगतमा बढुवा समिति र पदपूर्ति समिति विना भएका निर्णयहरूको विस्तृत छानबिन गर्ने ।
१२) बेलपत्रका नाममा अन्य घाँस वा अनधिकृत सामग्री बिक्री तथा प्रयोग भइरहेको विषयमा गुणस्तर, मूल्य तथा स्रोतसम्बन्धी विषयमा नियमित अनुगमन तथा निगरानी प्रणाली स्थापना गरी प्रभावकारी नियन्त्रण गर्ने
१३) दाहसंस्कार प्रक्रिया व्यवस्थित, सरल र मर्यादित बनाउने
१४) क्रियापुत्री बसाइका लागि अनलाइन काेठा वुकिङ र सहज बनाउने
१५) सेवाग्राहीलाई जानकारी दिन हेल्प डेस्क स्थापना गर्ने
१६) शिवरात्री तीज, बालाचतुर्दशी, नयाँ वर्ष जस्ता पर्वहरुकाे सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न जिम्मेवार निकायहरुसँग छलफल गर्नका लागि पूर्व तयारी कार्यक्रम राख्ने
१७) पर्व सम्पन्न भएपछि समीक्षा बैठक गरी कमजोरी पहिचान गर्ने
१८) अनावश्यक व्यापारिक गतिविधि र अव्यवस्था नियन्त्रण गर्ने
१९) गुनासो तथा सुझाव संकलन कक्ष स्थापना गर्ने
२०) पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न “Visit Pashupati” अभियान सञ्चालन गर्ने
२१) कोषमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूको समुचित व्यवस्थापन गरी सेवा आवश्यकता र कार्यक्षमताको आधारमा पुनःसंरचना गरिने भविष्यमा कर्मचारी भर्ना प्रक्रिया खुला, प्रतिस्पर्धात्मक तथा पारदर्शी प्रणालीमार्फत मात्र गर्ने
२२) आगामी वर्ष अवकाश हुने कर्मचारीहरूको विवरण अवकाश हुनुभन्दा कम्तीमा दुई महिना अगावै सार्वजनिक गरी अभिलेखीकरण तथा आवश्यक व्यवस्थापन सुनिश्चित गर्ने ।
२३) पशुपति दर्शनलाई सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउन मोबाइल एप्लिकेसन विकास गरी सञ्चालनमा ल्याउन उक्त एपमार्फत दर्शन समय, भीड व्यवस्थापन, अनलाइन बुकिङ, सूचना सेवा तथा आवश्यक मार्गदर्शन उपलब्ध गराउने
२४) महिला, ज्येष्ठ नागरिक, अशक्त भक्तजनका लागि अलग लाइन बनाउने।
२५) हराएका व्यक्ति भेटघाट केन्द्र स्थापना गर्ने
२६) श्री नेपाल वेदविद्याश्रमकाे छात्रवास काेटा बढाउने
२७) श्री नेपाल वेदविद्याश्रलाई आचार्य तह सम्मको पढाइ सञ्चालन गर्ने
२८) महास्नान घर निर्माण गर्ने पुरानाे निमार्ण कार्यकाे छानबिन गर्ने
२९) जिर्ण व्रज घर पुरानै संरचना अनुसार निर्माण गर्ने
३०) पशुपतिनाथ क्षेत्रका मूर्त–अमूर्त सम्पदा तथा जात्रा–पर्व सम्बन्धी वार्षिक स्मारिका प्रकाशन कार्यक्रम सञ्चालन गर्ने
३१) पशुपतिनाथ परिसर भित्र भत्काईएकाे भण्डारी तहविल निर्माण गर्ने
३२) तीर्थयात्राबाट ल्याइएका गङ्गाजल संकलनस्थल निर्माण गरि पशुपतिनाथलाई अर्पण गर्ने व्यवस्था मिलाउने
