युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाले UNDO डायस्पोरा नेपालीहरुको एजेन्डा बोकेर नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएकाले यो संस्था डायस्पोरा नेपालीहरुको एजेण्डामा फोकस रहेको बताउनु भएको छ।
उहाँका कुरा:
अहिले हामी डायस्पोरा नेपालीका एजेन्डा बोकेर नेपाल सरकारसँग लवी गर्न र संस्था बिस्तारको काममा हामी रात-दिन जोडेर कामगर्दै गरेको, एकदम गतिशील भएको कुरा बताउनु भएको छ।
गत महिना देखि नेपाल सरकारको नाममा बाहिर आएको ‘गैर आवासीय नेपाली नागरिकता’ को प्रस्तावित भनिएको बिधेयकका बारेमा डायस्पोरा नेपालीका संबैधानिक अधिकारलाइ कटौती गर्नेपक्षमा देखिएकाले हामी त्यसमा अत्यान्दै संबेदनशील भएर लवी गर्दैछौं।
सो मस्यौदा बिधेयकलाइ नै गैर आवासीय नेपाली संघको नाम जोडेर दशौकौं पहिला नेपाल फर्केका केहि नेपालीहरु पनि लागि गरेका छन् भन्ने कुरा जानकारी आएको छ। यतिमात्र होइन उहाँहरुले गैर आवासीय नेपाली नागरिकता नै दिनुहुन्न, कार्ड मात्र दिनुपर्छ, अन्य संस्था नेपालमा हुनुहुँदैन जस्ता गैर-संबैधानिक बिषयका प्रस्ताव र चिठी लिएर परराष्ट्र मन्त्रालयमा पुगेको पनि जानकारीमा आएको छ।
तर हामी UNDO ले भने वर्तमान सरकारका विभिन्न संबद्ध मन्त्रालय, सम्माननीय सभामुखज्यू, बिभिन्न माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, मन्त्रालयका सचिवज्यूहरु लगात डायस्पोरा नेपालीका लाइन एजेन्सीहरुसंग लगातारको संवाद, भेटघाट र प्रस्ताव नै दर्ता गराएका छौं।
हाम्रो धारणा, डायस्पोरा नेपालीका एजेन्डा र प्रतिक्रिया स्पष्ट रुपमा लिखित रुपमा राखेका छौं। हामीलाइ स्पष्ट जवाफ पनि आएको छ। भनिएको जस्तो खराव बिधेयक भने आउँदैन। सहि र उचित बिधेयक आउँछ। त्यसका लाइ उहाँहरु पनि चिन्तित हुनुहुन्छ। अब आउने बिधेयक सम्पूर्ण डायस्पोरा नेपालीको पक्षमा आउँछ भन्ने हाम्रो विश्वाश छ। त्यसका लागि हामी चुप भने बसेका छैनौं। निरन्तर लवी गर्दैछौं।
हामीले गत बैठकबाट हामीले ‘सरकारी मामिला तथा नीतिगत सल्लाह’ को लागि बिज्ञहरु सहितको एक टास्कफोर्स गठन गरेका छौं। यसमा कानुनका बिज्ञ, लगानीकर्ता र डायस्पोरा नेपालीका संबद्ध पक्षहरु हुनुहुन्छ।
आउने दिनमा हामीले डायस्पोरा नेपाली र नेपालमा लगानी संबन्धि रचनात्मक रुपमा सरकारसंग काम गर्ने भएका छौं। केहि दिनमा नै हामीले थप योजना सार्वजनिक गर्ने भएका छौ। UNDO अब गतिशील भएको छ। हामी फुल स्विङ्गमा काम गर्दैछौ।
अन्तमा, डायस्पोरा नेपालीहरु सबैमा अहिले बजारमा र मिडिया र सोसल मिडियामा आएका केहि पक्षहरुको झुक्याउने प्रस्ताव र प्रचारप्रति सजक रहन समेत अनुरोध गर्दछु। सो बिषयमा केहि जिज्ञासा भए हामीलाइ सम्पर्क गर्नुहुन अनुरोध समेत गर्दछु। साथै यसका लागि हामीसंग जोडिन चाहनुहुन्छ भने थाप जानकारी https://undo.org.np/ बाट लिनुहुन अनुरोध गर्दछु।
