नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को १० औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। महाधिवेशनबाट अध्यक्षमा पासाङ शेर्पा (एपी लामा शेर्पा) तथा महासचिवमा सुमन थाम्सुहाङ लिम्बु निर्विरोध निर्वाचित भएको कुरा फिप्नाले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शम्भु राई, उपाध्यक्षमा राजु तामाङ, सहकोषाध्यक्षमा कर्मा शेर्पा ढोक्प्या, महिला उपाध्यक्ष र कोषाध्यक्ष पद पछि मनोनित गरिने जनाइएको छ। सदस्यहरूमा टासी ढोन्धुप लामा, ओम गुरुङ, हरि जवेगु तथा भुपेन्द्र बज्राचार्य निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले संगठनको पहिचान, अधिकार, भाषा, संस्कृति तथा समुदायको एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।
