राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न पनि निर्देशन दिएको छ।
दलको संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्देशन दिइएको प्रवक्ता मनिष झाले जनाएका छन्। रास्वपाले सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ।
आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि ‘क्याण्डिडेट क्लब’ को अभ्यास हुने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न समेत निर्देशन गरेको छ।
