राजनैतिक दलहरुको आरोह र अबरोह हुने क्रम निरन्तर नै हो। दलहरुले यदि राम्रो काम गर्छन भने त्यो सहज रुपमा छिटो आउंदैन तर जतिसुकै रोके पनि खराब राजनैतिक ब्यबस्थापनले गर्दा दलहरुमा बिभाजन र पुनर्संरचना क्रम निरन्तर रहन्छ।
पछिल्लो समय नेपाली कांग्रेसमा दलको बिधान बिपरित तत्कालिन महामन्त्रीहरु बिश्वोप्रकाश शर्मा र गगन थापाले कांग्रेसको नेतृत्व लुटेर लिए। ७७ मध्ये करिब ५० जिल्लाका जिल्ला सभापति देउबा पक्षमा छन।
१४ औं महाधिवेशनको १६७ जना केन्द्रिय कार्यसमितिका सदस्य मध्ये १३३ जना देउबातिर छन्। केवल ३४ जना थापातिर गए। यसको अर्थ थापा समूहले कांग्रेसको २०.३६% मात्र समेटेको छ त्यो भनेको एक चौथाई पनि होइनन।
यसको परिणाम फाल्गुन २१ को मत परिणामले नै देखायो। आफूलाइ कालजइ तेजस्वी मान्ने थापा भारी मतले पछारिए। यति मात्र होइन उनको राजनैतिक भविष्यमा नै प्रश्न चिन्ह खडा भएको छ। उनले जतिनै गरेपनि अब सहज रुपमा राजनैतिक शक्तिमा आउन सक्दैनन। बिचौलियाको पैसाले मैमत्तता भएका थापालाइ अब राष्ट्रिय स्वतनत्र पार्टीको दुइतिहाइले गर्दा पावर ब्रोकरहरुको दान पनि आउंदैन।
उता देउबा पक्षले सर्वोच्च अदालतमा दिएको निवेदनको फैसला कुर्दै बसेको छ। यतिमात्र होइन अब कांग्रेसको पुनर्संरचना गर्नुपर्ने निष्कर्षमा पनि पुगेको छ। यसको जानकारी नेता मीन विश्वकर्माले दिएका छन। उनले भनेका छन्, ‘गगन थापाको नीति, कार्यशैली र महत्त्वाकांक्षाका कारण पार्टी अहिलेको अवस्थामा पुग्यो। हामीले बिशेष महाधिवेशनलाइ मानेका हैनौ बरु अप्ठेरो अवस्थामा निर्वाचनमा गएका हौँ। अब त्यसो हुँदैन।,
त्यसैले कार्यबाहक सभापतिको हैसियतले पूर्णबहादुर खड्काले बैठक बोलाउने तयारी गरेका छन्। उनीहरुले भनेका छन्, ‘१४ औं महाधिवेशनबाट चयन भएको कार्यसमितिको बैठक बस्छ। १६७ जना केन्द्रिय कार्यसमितिमा ३४ थापा तिर छन् भने १३३ जना खड्काकै पक्षमा छन्।
