राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांसदहरुको शपथ ग्रहणपछि बस्ने संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने बताएका छन्। रास्वपाले बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।
महामन्त्री बुर्लाकोटीले पार्टीका सांसदलाई मंगलबारदेखि आयोजना गरिएको सेमिनारमा पत्रकारसँग कुरा गर्दै सो जानकारी दिएका हुन्।महामन्त्री बुर्लाकोटीले भने, ‘सांसदको शपथपछि तत्कालै संसदीय दलको बैठक बस्छ, त्यही बैठकले दलको नेता चयन गर्छ, त्यसपछि मात्र प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढ्छ। यस विषयमा पार्टीभित्र समेत छलफल भइसकेको छ।’
