रास्वपाका निर्वाचित सांसदहरुलाइ ब्यबसायिक हुन् २ दिने सेमिनार

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दलबाट निर्वाचित १८२ जना सांसदहरुलाइ नयाँ संसद र आफ्नो दलको बन्ने सरकर, पार्टीको बाचा पत्र, कानुन बनाउने बिधि, योजना लगायत बिषयमा २ दिने सेमिनार आयोजना गरेको छ।

ललितपुरको, ग्वार्को स्थित एक होटलमा आयोजित सो सेमिनारमा प्रत्यक्ष तर्फका १२५ र समानुपातिकतर्फका ५७ गरी १८२ निर्वाचित सांसदहरुलाइ अभिमुखीकरण कार्यक्रम राखेको कुरा दलले बताएको छ।

सेमिनारमा रास्वपाका निर्वाचित सांसदहरूलाइ पार्टीका वरिष्ठ नेताहरूले पदको गरिमा बढाउन, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिएका छन्। 

रास्वपाले संसदीय दलको बैठक पूर्व नै सेमिनार राखेर प्रजातान्त्रिक बिधिमा ठुलो दलको हैसियतले जिम्मेवार भएर बढ्न आफ्ना सांसदहरुलाइ यो सेमिनार राखेको हो। यस्तो बिधि बिगतमा अन्य दलले गरेका थिएनन।